×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सानिमा बैंकद्धारा १० लाख कित्ता संस्थापक सेयर बिक्रीमा, ३५ दिनभित्र आवेदन दिईसक्नुपर्ने

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

सानिमा बैंकद्धारा १० लाख कित्ता संस्थापक सेयर बिक्रीमा, ३५ दिनभित्र आवेदन दिईसक्नुपर्ने

Artha Sarokar

१७ मंसिर २०७८, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । सानिमा बैंकले संस्थापक सेयर बिक्री गर्ने भएको छ । बैंकका केही संस्थापक सेयरधनीले आफ्नो स्वामित्वमा रहेको १० लाख कित्ता सेयर बिक्री गर्ने भएका हुन्। सानिमा बैंककै संस्थापक सेयरधनीले न्यूतम २२० रुपैयाँलाई आधार मानेर आवेदन दिन सक्नेछन् ।

सेयर खरिद गर्न इच्छुक संस्थापकले आज (मंसिर १७ गते) देखी ३५ दिनभित्र सानिमा बैंकको प्रधान कार्यालय नारायणचौर नक्साल काठमाडौंमा निवेदन दिनुपर्नेछ । यस अवधिमा कुनै पनि संस्थापकबाट आवेदन नपरेमा भने सर्वसाधारण लगानीकर्तालाई बिक्री खुला गरिने बैंकले जनाएको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी