×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सयपत्री हाइड्रोपावरले ९ करोडको ९ लाख कित्ता आइपीओ जारी गर्ने, पुस २३ गते बोलायो पाँचौं वार्षिक साधारणसभा

PRIME CA

सयपत्री हाइड्रोपावरले ९ करोडको ९ लाख कित्ता आइपीओ जारी गर्ने, पुस २३ गते बोलायो पाँचौं वार्षिक साधारणसभा

२७ मंसिर २०७८, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । सयपत्री हाइड्रोपावरको पाँचौं वार्षिक साधारणसभा पुस २३ गते हुने भएको छ । कम्पनीको सभा रजिष्टर्ड कार्यालय चावहिल काठमाडौंमा दिउँसो १ बजे हुने भएको हो । सभामा कम्पनीले आर्थिक वर्ष २०७७/७८ को नाफा नोक्सान सम्बन्धी प्रस्ताव पेस गर्दैछ । यस्तै आर्थिक वर्ष २०७८/७९ का लागि लेखापरीक्षक नियुक्ति गर्ने एजेन्डा पनि रहेको छ ।
यता सो कम्पनीले स्थानीय र सर्वसाधारणको लागि ९ करोड रुपैयाँ बराबरको आइपीओ ल्याउन धितोपत्र बोर्डमा आवेदन दिईसकेको छ । कम्पनीले १०० रुपैयाँ दरको ९ लाख कित्ता आइपीओ बिक्री गर्न अनुमति मागेको हो । कम्पनीले पहिलो चरणमा बागलुङ जिल्लाका आयोजना प्रभावित स्थानीयका लागि आइपीओ खुला गर्नेछ । स्थानीयलाई आइपीओ बिक्री गरिसकेपछि फेरि सर्वसाधारणका लागि खुला गरिनेछ ।
आईपीओ बिक्री प्रबन्धकको काम एनआइबीएल एस क्यापिटलले गर्नेछ । कम्पनीले बागलुङ जिल्लामा २.५ मेगावटको धर्मखोला जलविद्युत आयोजना निर्माण गरेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: