×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कर्पोरेट डेभलपमेन्ट बैंकले १५०% र छ्याङ्दी हाइड्रोपावरले ३०% हकप्रद निष्कासन गर्ने, धितोपत्र बोर्डले दियो अनुमति…!

PRIME CA
GLOBAL IME BANK

कर्पोरेट डेभलपमेन्ट बैंकले १५०% र छ्याङ्दी हाइड्रोपावरले ३०% हकप्रद निष्कासन गर्ने, धितोपत्र बोर्डले दियो अनुमति…!

२ पुष २०७८, शुक्रबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । कर्पोरेट डेभलपमेन्ट बैंक र छ्याङ्दी हाइड्रोपावरले हकप्रद निष्कासन गर्न नेपाल धितोपत्र बोर्डको अनुमति पाएका छन् ।  बोर्डले बैंकलाई १५०% र छ्याङ्दीलाई ३०% हकप्रद सेयर बिक्री गर्न अनुमति दिएको हो ।
धितोपत्र बोर्डले बैंकलाई ३० करोड रुपैयाँ बराबरको ३० लाख कित्ता हकप्रद सेयर बिक्री गर्न अनुमति दिएको हो । समस्याग्रस्त संस्थाबाट मुक्त भएको बैंकले नेपाल राष्ट्र बैंकले तोके अनुसार न्यूनतम चुक्ता पुँजी कायम गर्न हकप्रद निष्काशन गर्न लागेको हो । यस हकप्रदमा सिभिल क्यापिटल मार्केटलाई बिक्री प्रबन्धक तोकिएको छ ।
यस्तै धितोपत्र बोर्डले छ्याङ्दीलाई ८ करोड ९३ लाख २ हजार ५०० रुपैयाँ बराबरको ८ लाख ९३ हजार २५ कित्ता हकप्रद सेयर बिक्री गर्न अनुमति दिएको हो । उक्त हकप्रद बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: