×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सांग्रिला डेभलपमेन्ट बैंकद्धारा १०५औं शाखा बर्दीयामा संचालन, सर्वसाधारणलाई सहज बैंकिङ सुविधा पुग्ने विश्वास

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

सांग्रिला डेभलपमेन्ट बैंकद्धारा १०५औं शाखा बर्दीयामा संचालन, सर्वसाधारणलाई सहज बैंकिङ सुविधा पुग्ने विश्वास

Artha Sarokar

२८ मंसिर २०७८, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

बर्दीया । सांग्रिला डेभलपमेन्ट बैंकले २०७८ मंसिर २७ गतेका दिन सानोश्री,बर्दीया शाखा सञ्चालनमा ल्याएको छ । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले शहरी तथा ग्रामीण क्षेत्रमासमेत आफ्नो उपस्थितिलाई थप दरिलो बनाउने क्रम सँगै मधुवन नगरपालिका वडा नं. ०६ , सानोश्री बर्दियामा सानोश्री शाखा संचालनमा ल्याएको हो । बैंकले सोमबार सो शाखा संचालनमा ल्याएको हो ।

सानोश्री शाखा कार्यालय संचालनमा आए सँगै सो क्षेत्रका सर्वसाधारणलाई सहज बैंकिङ सुविधा पुग्ने विश्वास बैंकले लिएको छ । यो सँगै बैंकको कुल शाखा संख्या १०५ पुगेको छ । बैंकले आफ्ना ग्राहकवर्गहरुलाई विभिन्न प्रकारका बैंकिङ सुविधाहरु दिंदै आएकोमा यस शाखाको सञ्चालनबाट यस क्षेत्रका ग्राहकहरुलाई अझ सरल र सहज तरिकाले बैकिङ सेवा लिने वातावरण बन्नेमा बैंक विश्वस्त रहेको छ ।

बैंकले हरेक सम्भावित क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानहरुमा चाँडै नै थप शाखा कार्यालय संचालन गर्ने योजना बनाएको छ । बैंकले आफ्ना ग्राहकवर्ग तथा सेयरधनीहरुको विश्वासले अलग्गै पहिचान बनाउन सफल भएको छ । साथै, अबका दिनमा समेत यस किसिमको विश्वासको अपेक्षा बैंकले राखेको छ ।

CITIZEN LIFE INSURANCE
National Life Insurance
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी