×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘बियरिस सुरु भएको होइन, सुरु भएर पनि सकिन लागिसक्यो… अव बजार फर्किंदैछ… : रामहरि नेपाल (भिडियो अन्तर्वार्ता)

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : २३ मंसिर २०७८, बिहीबार

PRIME CA
laxmi sunrise bank

‘बियरिस सुरु भएको होइन, सुरु भएर पनि सकिन लागिसक्यो… अव बजार फर्किंदैछ… : रामहरि नेपाल (भिडियो अन्तर्वार्ता)

काठमाडौँ । झन्डै ३२०० पुगेको नेपालको सेयर बजारको परिसूचक घटेर २४०० को लाइनमा छ । कतिपयले यो बजारलाई डाउन ट्रेन्ड, माइनर बियरिस वा बियरिस भनिरहेका छन् । नेपाल राष्ट्र बैंकको नीति र तरलता संकटका कारण उँधोगतिमा पुगेको ‘बजार बियरिस नै हो त ?’ युवामाझ चर्चित सेयर बजार विश्लेषक रामहरि नेपालले अहिलेको बजारलाई बियरिस भन्न अनकनाउन नपर्ने बताएका छन् । अर्थ सरोकारको साप्ताहिक टेलिभिजन कार्यक्रम ‘मार्केट टक’मा बोल्दै उनले अहिलेको बजार बियरिसमा नै रहेको बताएका हुन् ।

‘कतिपय विश्लेषकहरुले बजार माथिल्लो बिन्दुमा हुँदा अव बजार ४००० पुग्छ भनेर किनाए । किनाउनेबित्तिकै बियरिस भन्न अफ्ट्यारो भएर बियरिस नभनेका हुन् । अहिलेको बजारलाई माइनर बियरिस वा बियरिस भन्न मिल्छ ।’ उनले भने-‘बजारमा सात- आठ सय अंकको क्षति हुनुलाई बियरिस होइन भनेर कसरी भन्ने ?’

यद्यपी उनले अहिलेको बजार बियरिसको उत्तरार्धमा आइपुगिसकेको बताएका छन् । ‘बजार बियरिसको उत्तरार्धमा आइसकेको छ । नहुनु क्षति भईसक्यो । अव बजार माथि जाने प्रशस्तै आधारहरु छन् ।’ उनले भने । कार्यक्रममा बोल्दै उनले लगानीकर्ताहरुले सेयर बजारमा गर्ने गल्तीसमेत औंल्याएका छन् । किन्नुपर्ने बेलामा धेरैजसो लगानीकर्ताहरुले बेच्ने गरेको र बेच्नुपर्ने बेलामा धेरैजसो लगानीकर्ताहरुले किन्ने गरेका कारण पनि धेरैले घाटा व्यहोर्नुपरेको उनको तर्क छ ।

अर्को एक प्रसङ्गमा उनले ठुला खेलाडीहरुले जोखिमपूर्ण स्टकमा खेलिरहेकोसमेत दाबी गरेका छन् । ठुला खेलाडीहरुलाई गाली गर्नुभन्दा पनि उनीहरुबाट सिक्नुपर्ने बताउँदै उनले ठुला खेलाडीको पछी लाग्दा ख्याल गर्नुपर्ने बताएका छन् । ‘ठुला खेलाडीहरुले खेलिरहेका स्टकहरु अलि जोखिमपूर्ण पक्कै छन् । यस्ता सेयरको पछि लाग्दा हामीले ख्याल गर्नुपर्छ ।’ कार्यक्रममा उनले भनेका छन् । पछिल्लो समय युवा तथा नयाँ लगानीकर्तामाझ लोकप्रिय रहेका नेपालले सेयर बजारमा कसरी कमाउने र सेयर बजारमा के गर्दा नाफा हुन्छ भन्ने टिप्स पनि बाँडेका छन् ।

कस्तो बेलामा आफ्नो स्टक ‘एभरेजिङ’ गर्ने ? कस्तो बेलामा नगर्ने ? नयाँ लगानीकर्ताले के के कुरामा ध्यान दिने ? घट्दो बजारमा कस्तो रणनीति बनाउने ? बजार झन्डै ३२०० हुँदा बजारमा लगानी गरेकाले अव के गर्ने ? स्टप लस गर्ने कि होल्ड गर्ने ? लगायतका तमाम विषयमा उनीसँग कार्यक्रममा छलफल गरिएको छ । हेर्नुहोस्  सो कार्यक्रम :

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: