छपिया । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक छपिया शाखाले वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । पब्लिक नमुना मा.वि., सियारी–०४, छपिया, रुपन्देहीमा CTEVT प्राविधिकतर्फका १०+२ का करिब १५० छात्रछात्राहरुलाई डिजिटल बैंकिङ तथा वित्तीय साक्षरता सम्बन्धि जानकारी दिनुका साथ साथै डिजिटल बैंकिङका फाइदाहरु संगसंगै बढ्दो चुनौती र सो बाट जोगिने उपायहरुका बारेमा साक्षात्कार गर्ने कार्य सम्पन्न गरिएको बैंकका शाखा प्रबन्धक राजु शर्माले जानकारी दिए ।
साक्षात्कार कार्यक्रममा बैंकका छपिया शाखा प्रमुख राजु शर्मा र केन्द्रीय कार्यालयका प्रविधीतर्फका अधिकारी नारायण न्यौपानेले विद्यार्थिहरुलाई दैनिक जिवनका बैंकिङ क्षेत्रको महत्व, डिजिटल बैंकिङ प्रणालीको आवश्यकता र यसको प्रयोगबाट हुने फाइदा र त्यो संगसँगै बढ्दो चुनौती र सो बाट जोगिने उपायहरुको बारेमा जानकारी दिएका थिए ।
१६० बढि छात्रछात्राहरुको सहभागिता भएको कार्यक्रममा विद्यालयकातर्फबाट विद्यालय प्रधानाध्यापक डिलाराम खनाल र विद्यालयका सहायक प्रधानाध्यापक तथा सुचना अधिकारी इन्द्र प्रसाद तिवारीले यस प्रकारका कार्यक्रमहरुबाट विद्यार्थीहरुलाई बैंकिङ प्रणाली, डिजिटल बैंकिङको प्रयोग र सावधानीका उपायहरुको बारेका व्यवहारीक ज्ञान हासिल गर्ने बताए ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्