Skip to content
LAXMI SUNRISE BANK

शिवशिखर बहुउद्देश्यीय सहकारी संस्थाले ल्यायो बुटबलमा ‘गार्डेन मार्ट’ को १५औं शाखा सञ्चालनमा

अर्थ सरोकार

बुटबल । शिवशिखर बहुउद्देश्यीय सहकारी संस्थाले बुटबलमा ‘गार्डेन मार्ट’ को नयाँ शाखा सञ्चालनमा ल्याएको छ । लुम्बिनि प्रदेशको व्यवसायीक हव र औधोगिक नगरिका रुपमा चर्चित बुटबलको योगिकुटी चोकमा सहकारीले आफनो २३औं सदस्य सेवा केन्द्रसँगै गार्डेन मार्ट सञ्चालनमा ल्याएको हो ।

शनिवार एक कार्यक्रमका वीच लुम्बिनि प्रदेशका वन वाताबरण तथा भू-संरक्षण मन्त्री सुरेन्द्रबहादुर हमालले मार्ट सञ्चालनको शुभारम्भ गरेका थिए । उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री हमालले प्रतिस्पर्धाले उपभोक्तालाई सहज र सुलभ मूल्यमा सामान पाउने अवस्था रहने बताउँदै यस्ता मार्टको सञ्चालनले स्थानीय उपभोक्तालाई धेरै फाइदा पुग्ने बताए ।

सहकारीका प्रमुख कार्यकारी अधिकृत लिलानाथ गौतमका अनुसार बुटबलमा सञ्चालनमा आएको यो गार्डेन मार्टको १५औं शाखा हो । यस अघि सहकारीले डडेलधुरा, भक्तपुरको कमलविनायक, किर्तिपुर, लतिलपुरको ठैब, मकवानपुरको हेटौडा, चितवनको टाँडी, पोखरा, बाग्लुङ, दाङको तुल्सिपुर, बाँकेको नेपालगञ्ज, सुर्खेत, महेन्द्रनगर, झापाको दमक र उदयपुरको गाइघाटमा गार्डेन मार्ट सञ्चालनमा ल्याइसकेको छ ।

भक्तपुरको कौशलटारमा मुख्य शाखा कार्यालय रहेको यो सहकारी संस्थाले आफना सदस्य र स्थानीय उपभोक्तालाई सर्वसुलभ रुपमा दैनिक उपभोग्यबस्तु उपलब्ध गराउन गार्डेन मार्ट सञ्चालनको अवधारणा ल्याएको हो । उपभोक्ताले एउटै छानामूनी आधुनिक किनमेलको अनुभव पाउन भनेर हामीले गार्डेन मार्ट सञ्चालनमा ल्याएको बताउँदै कार्यकारी अधिकृत गौतमले भने—‘हाम्रो मार्टमा उपभोक्ताले सूलभ मूल्यमा दैनिक उपभोग्य बस्तु किनमेल गर्न पाउनेछन् ।’

कार्यकारी अधिकृत गौतमका अनुसार मार्टमा यपभोक्ताले उपकार ब्रान्डका चामल, दाल, चियापत्ति, चकलेट, ध्यू, महलगायतका दैनिक उपभोग्य सामग्री, विद्युतीय सामग्रि, लत्ता कपडा, श्रृङ्गारका सामग्री, स्टेशनरी, जुत्ता, ब्याग लगायतका सामग्रि विक्रिका लागि राखिएको छ । शुभारम्भको अवसरमा मार्टले सम्पुर्ण सामाग्रीहरुमा बिषेश छुट समेत व्यवस्था गरेको कार्यकारी अधिकृत गौतमले बताए । शिवशिखर बहुउद्देश्यीय सहकारी संस्थाले आफना सेयर सदस्यको हितका लागि विभिन्न क्षेत्रमा लगानी विस्तार गरिरहेको छ । यो सहकारीले मुलुकभर ६ सय ७५ ब्यक्तिलाई प्रत्यक्ष रोजगारीको दिएको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK