×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सोलुखोला दूधकोशी हाइड्रोपावर परीक्षणका क्रममा पाइप पड्किँदा २ इन्जिनियरको मृत्यु, एक जनाको अवस्था गम्भीर

PRIME CA
GLOBAL IME BANK

सोलुखोला दूधकोशी हाइड्रोपावर परीक्षणका क्रममा पाइप पड्किँदा २ इन्जिनियरको मृत्यु, एक जनाको अवस्था गम्भीर

१२ पुष २०७८, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । सोलुखोला दूधकोशी हाइड्रोपावरमा पानी परीक्षणको क्रममा दुई इन्जिनियरको मृत्यु भएको छ । सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिका–११ र थुलुङ दूधकोशी गाउँपालिका–३ पञ्चनमा निर्माणाधीन ८६ मेगावाट क्षमताको सोलुखोला दूधकोशी हाइड्रोपावरमा पानी परीक्षण गर्ने पाइप पड्किएर अछामका २६ वर्षिय सुवासराज रेग्मी र काभ्रेका २९ वर्षका अर्जुन थापाको मृत्यु भएको हो।
एक जना भने गम्भीर घाइते भएका छन् । सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी गणेश विक्रम शाहीले फलामको पाइपमा पानी हालेर परीक्षण गर्ने क्रममा पाइप पड्किँदा बेहोस भएका दुई जनाको मृत्यु भएको बताएका हुन् ।
पाइप विस्फोट हुँदा बेहोस भएका उनीहरुलाई ओखलढुंगास्थित मिसन अस्पताल लगिएको भए पनि बचाउन नसकिएको उनले बताए । गम्भीर घाइते भएका मोहम्मद राइनलाई भने हेलिकोप्टरमार्फत् काठमाडौं ल्याइएको छ। उनको ग्राण्डी अस्पतालमा उपचार भइरहेको जनाइएको छ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: