काठमाडौं । सोलुखोला दूधकोशी हाइड्रोपावरमा पानी परीक्षणको क्रममा दुई इन्जिनियरको मृत्यु भएको छ । सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिका–११ र थुलुङ दूधकोशी गाउँपालिका–३ पञ्चनमा निर्माणाधीन ८६ मेगावाट क्षमताको सोलुखोला दूधकोशी हाइड्रोपावरमा पानी परीक्षण गर्ने पाइप पड्किएर अछामका २६ वर्षिय सुवासराज रेग्मी र काभ्रेका २९ वर्षका अर्जुन थापाको मृत्यु भएको हो।
एक जना भने गम्भीर घाइते भएका छन् । सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी गणेश विक्रम शाहीले फलामको पाइपमा पानी हालेर परीक्षण गर्ने क्रममा पाइप पड्किँदा बेहोस भएका दुई जनाको मृत्यु भएको बताएका हुन् ।
पाइप विस्फोट हुँदा बेहोस भएका उनीहरुलाई ओखलढुंगास्थित मिसन अस्पताल लगिएको भए पनि बचाउन नसकिएको उनले बताए । गम्भीर घाइते भएका मोहम्मद राइनलाई भने हेलिकोप्टरमार्फत् काठमाडौं ल्याइएको छ। उनको ग्राण्डी अस्पतालमा उपचार भइरहेको जनाइएको छ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्