×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

पूँजीबजारको संकट समाधान गर्न तत्काल उच्चस्तरीय कार्यदल गठन गर्न लगानीकर्ताहरुको माग, जारी भयो यस्तो विज्ञप्ति…!

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

पूँजीबजारको संकट समाधान गर्न तत्काल उच्चस्तरीय कार्यदल गठन गर्न लगानीकर्ताहरुको माग, जारी भयो यस्तो विज्ञप्ति…!

२७ मंसिर २०७८, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । लगानीकर्ताका सबै संघसंस्थाहरुको संयुक्त कार्यदलले तत्काल उच्चस्तरीय कार्यदल गठन गर्न माग गरेको छ ।  पूँजीबजार सुदृढीकरण बृहत कार्यदलका संयाेजक अम्बिका प्रसाद पाैडेलले एक विज्ञप्ति सार्वजनिक गर्दै विभिन्न नीति परिमार्जन गर्नलगायत ५८ बुँदेका बाँकी कामहरु तत्काल गर्न उच्चस्तरीय कार्यदल गठन गर्न सरकारसँग माग गरेका हुन्  ।
ब्रोकरमार्फत मार्जिन ट्रेडिंग कारोबार कार्यान्वयन नभएसम्म राष्ट्र बैंकले लगाएको सेयर धितो कर्जाको सिमा तत्काल हटाउन कार्यदलले माग गरेको छ भने धितोपत्र बोर्ड र नेप्सेका प्रमुख तत्काल नियुक्त गर्नसमेत विज्ञप्तिमार्फत माग गरिएको छ । करिव ४५ खर्ब पुगेको सेयर बजारले पछिल्लो सयम करिब १२ खर्ब गुमाई सकेको र सरकाले अर्बौं राजश्व गुमाउनु परेको छ । यस्तै ४७ लाखभन्दा धेरै लगानीकर्ताको १२ खर्बभन्दा बढी सम्पति गुमेको सो बिज्ञप्तिमा उल्लेख गरिएको छ ।
विज्ञप्तिमा भनिएकाे छ ‘अर्थ मन्त्रालय तथा अन्य सरोकारवाला निकायहरुले तीन वर्ष अघि नै गर्छ भनेका ५८ बुँदेका बाँकी कामहरु पुरा नहुँदा र यसबीचमा भएका कतिपय नीतिगत परिवर्तनका कारणले पूँजी बजारमा गंभीर संकट उत्पन्न भएको छ । यो संकट समाधानका लागि हामी लगानीकर्ताहरुको तर्फबाट पटक पटक पहल हुँदा समेत सरकार र सम्बद्ध पक्षबाट सम्बोधन नभएकाले करिव ४५ खर्ब पुगेको सेयरबजारले करिब १२ खर्ब गुमाई सकेको छ भने सरकारले अरबौ राजस्व गुमेको छ । ४७ लाखभन्दा धेरै डिम्याट खाताधारीबाट १२ खर्ब भन्दा बढी सम्पति गुमी सकेको छ ।’
लगानीकर्ताहरुले सुझाएका उपायहरुको सम्बोधन नगरी परिस्थिति थप बिग्रेमा त्यसको सम्पूर्ण जिम्मेवार सरोकारवाला निकायहरु नै हुनेमा पनि लगानीकर्ताहरुले ध्यानाकर्षण गराएका छन् । साथै लगानीकर्ताहरुलाई संयमित भएर कारोबार गर्न र अत्यावश्यक नपरी सेयर बिक्री नगर्न आग्रह गरिएको छ । विज्ञप्ति हेर्नुहाेस् : 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी