काठमाडौं । स्ट्यान्डर्ड चार्टर्ड बैंकको ३५औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभा नयाँ बानेश्वरस्थित कम्पनीको प्रधान कार्यालयमा भिडियो कन्फ्रेन्स माध्यमबाट सम्पन्न भएको हो ।
सभाले गत आर्थिक वर्षका लागि प्रस्तावित कुल १३.०६% लाभांश पारित गरेको छ । जसमा १० प्रतिशत बोनस सेयर र ३.०६ प्रतिशत नगद लाभांश करसहित रहेको छ । सभाले बोनस सेयर वितरणपछि चुक्तापूँजी वृद्धि हुने भएकोले प्रबन्धपत्रमा सोहीअनुसार संशोधन गर्ने विशेष प्रस्ताव पनि पारित गरेको छ ।
गत आर्थिक वर्षका वार्षिक, आर्थिकलगायतका महत्वपूर्ण प्रतिवेदन पनि सभाले छलफल गरी पारित गरेको छ।