कैलाली । बजेट अभावमा स्तरोन्नति हुन नसकेका सुदूरपश्चिमका नौवटै जिल्लाका विमानस्थलका लागि अर्बौं बजेट विनियोजन गरिएको छ । सुदूरपश्चिमका कैलालीको गेटा, कञ्चनपुरको मझगाउँ, बैतडीको पाटन, दार्चुलाको गोकुलेश्वर, अछामको साँफेबगर र कमलबजार, बझाङ, बाजुरा, डडेल्धुरा तथा डोटीको दिपायल विमानस्थलका लागि बजेट विनियोजन गरिएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेको निर्देशनमा गेटा विमानस्थलका लागि रु एक अर्ब, अछामको साँफेबगर र कमलबजार विमानस्थलका लागि रु छ करोड, कञ्चनपुरको मझगाउँ विमानस्थलका लागि दुइ करोड ५१ लाख ३२ हजार ७४३.३६, बैतडीको पाटन विमानस्थलका लागि एक करोड ५० लाख ४४ हजार २४७.७८, दार्चुलाको गोकुलेश्वर विमानस्थलका लागि दुइ करोड ६५ लाख ४८ हजार ६७२.५६, बझाङ विमानस्थलका लागि १२ लाख ९९ हजार २००, बाजुरा विमानस्थलका लागि १८ लाख ७६ हजार ३००, डडेल्धुरा विमानस्थल सम्भाव्यता अध्यनका लागि ५० लाख तथा डोटी विमानस्थलको २५० मिटर धावनमार्ग थप गर्न, टर्मिनल टावर निर्माण र जग्गा अधिग्रहणका लागि १८ करोड ६१ लाख ४७ हजार १०० विनियोजन गरिएको नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले जनाएको छ ।
सुदूरपश्चिमका साना विमानस्थलको स्तरोन्नतिदेखि कैलालीको गेटामा रहेको विमानस्थललाई क्षेत्रीयस्तरको बनाउन २५० बिघा जमिन अधिग्रहण तथा दुई हजार ५०० मिटर धावनमार्गका लागि बजेट विनियोजन गरिएपछि यहाँका नागरिकमा खुशियाली छाएको दिपायल सिलगढी नगरपालिका–२ का वडाध्यक्ष राजेन्द्र खड्काले बताउनुभयो ।
नेपाल नागरिक उड्डयन प्राधिकरणले बजेट विनियोजन गरेसँगै अब यहाँका सबै विमानस्थलमा काम सुरु गरिने धनगढी विमानस्थलका प्रमुख रामकृष्ण भट्टले बताउनुभयो । उहाँले भन्नुभयो, “बजेट विनियोजन भइसकेको छ, अब छिट्टै काम सुरु हुनेछ ।”-रासस
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्