काठमाडौं । प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले सुदूरपश्चिमको बृहत्तर विकास योजनाको खाका बनाउन राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा विश्व पौडेलका नेतृत्वमा पार्टी केन्द्रीय सदस्य नैनसिंह महरलगायतलाई सुदूरपश्चिम क्षेत्रमा खटाउनुभएको छ ।
मङ्गलबार नै धनगढी पुगेको टोलीले सुदूरपश्चिमका सबै जिल्लामा स्थलगत अवलोकन गरी योजनाको बृहत्तर खाका बनाउने केन्द्रीय सदस्य महरले जानकारी दिनुभयो । सबै स्थानीय तहका जनप्रतिनिधिसहित पार्टीका नेतालाई समेत जिल्लामा हुने विकास छलफल तथा सुझाव संकलनमा उपस्थित हुन निमन्त्रणा गरिएको उहाँले बताउनुभयो ।
टोलीलाई सुदूरपश्चिममा आगामी निर्वाचनलाईसमेत ध्यानमा राखेर योजना बनाउन तथा ठूला रोजगारी सिर्जना गर्नसक्ने गरी योजनाका खाका बनाउन जिम्मेवारी दिइएको छ । सुदूरपश्चिमको योजनाको खाका बनाउने कार्यमा सो प्रदेशका नौवटै जिल्लामा क्रमशः योजना तर्जुमा र निर्माणबारे अन्तक्र्रिया गरिने छ ।
यसैक्रममा आज धनगढीमा सम्पन्न अन्तक्र्रियामा धनगढी उपमहानगरपालिका प्रमुख एवं पार्टीका केन्द्रीय सदस्य नृप वड, उपप्रमुख एवं पार्टीका केन्द्रीय सदस्य सुशीला मिश्र भट्ट, योजना आयोगका सदस्य डा पुष्परमण वाग्ले, युवा स्वरोजगार कोषका कार्यकारी अधिकृत विश्वमोहन अधिकारी, कांग्रेसको सुदूरपश्चिम प्रदेशका महामन्त्री नरनारायण शाह, कैलाली क्षेत्र नं ५ का सभापति भीम पडाललगायतले आ–आफ्नो धारणा व्यक्त गर्नुभएको थियो । वर्तमान सरकारले सबै प्रदेशमा यसैगरी विकासका लागि बृहत्तर योजना बनाउन टोली खटाउने बताइएको छ ।-रासस
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्