NABIL AD

सनराइज बैंकले बोलायो पुस १५ गते वार्षिक साधारणसभा, प्रस्तावित ७ प्रतिशत लाभांश पारित गरिने

GARIMA BANK
  • अर्थ सरोकार सम्बाददाता

काठमाडौं । सनराइज बैंक लिमिटेडले वार्षिक साधारणसभा बोलाएको छ । बैंकले पुस १५ गते आम्रपालि ब्यांकेट बालुवाटार, काठमाडौंमा बिहान १०.३० बजे साधारणसभा बोलाएको हो । उक्त सभामा भर्चुअल माध्यमबाट पनि सहभागी हुन सकिनेछ । सभा प्रयोजनाको लागि बैंकले पुस ४ गते बुक क्लोज गर्ने भएको छ । तसर्थ पुस ३ गतेसम्म नेप्सेमा कायम सेयरधनीले मात्र उक्त लाभांश पाउनेछन् ।

सभाले बैंक सञ्चालक समिति बैठकले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट प्रस्ताव गरेको ६.६५ प्रतिशत बोनस र कर तिर्न ०.३५ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ । साथै मर्ज तथा एक्वीजिसनसम्बन्धी सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने विषयमा पनि छलफल हुनेछ ।

MEGA

प्रतिक्रिया दिनुहोस्

सिफारिस:

अर्थ सरोकार डटकममा प्रकाशित समाचार शुभम् मिडियाको लिखित अनुमतिविना कतैपनि सम्प्रेषण गर्न मनाही छ । हामी अनुसन्धानमा विश्वास गर्छौं । र आजका हरेक पाठकहरु खोजमूलक समाचारका प्यासी छन् भन्ने हामीले बुझेका छौं । त्यसैले देशका विभिन्न ठाउँहरुमा हाम्रा इन्भेष्टिगेसन ब्यूरोहरु छन् । तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ वा ०१-५१९९१०८ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा arthasarokarnews@gmail.com मा ई-मेल गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ । अर्थ सरोकार समाचार प्रभाव हेर्न यहाँ क्लिक गर्नुहोस् ।

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2022.

Artha Sarokar® Trademark Registered. Regd. No. : 047796

Maintained By : Eservices Nepal