×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

स्वाभिमान लघुवित्तको पाँचौं वार्षिक साधारणसभा बिहिबार हुदैं, ३४% लाभांश पारित गरिने

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

स्वाभिमान लघुवित्तको पाँचौं वार्षिक साधारणसभा बिहिबार हुदैं, ३४% लाभांश पारित गरिने

Artha Sarokar

८ पुष २०७८, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । स्वाभिमान लघुवित्त वित्तीय संस्थाको पाँचौं वार्षिक साधारणसभा बिहिबार आज हुदैँ छ । सभा संस्थाको केन्द्रीय कार्यालय, रुपन्देहीमा अपरान्ह्र १ बजेदेखि भर्चुअल माध्यमबाट सुरु हुने भएको छ ।

संस्थाले गत आर्थिक वर्षको नाफाबाट ३२.३० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.७० प्रतिशत नगद लाभांश गरी कुल ३४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । त्यस्तै, सभाले संस्थापक शेयरधनीबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने ४ जना सञ्चालकको निर्वाचन गर्ने, कम्पनीको अधिकृत जारी तथा चुक्तापूँजी वृद्धि गरी सोही अनुसार प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने प्रस्ताव पारित गर्नेछ ।

संस्थाले सभा र लाभांश प्रयोजनका लागि मंसिर २३ गते एक दिन बुक क्लोज गरेको थियो । बुक क्लोजको आधारमा मंसिर २२ गतेसम्म कायम शेयरधनीहरु मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न योग्य हुनेछन् ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी