स्याङ्जा । स्याङ्जाका तीन पालिकामा भैँसी व्यावसायिक कृषि उत्पादन तथा प्रशोधन केन्द्र(जोन)विकास कार्यक्रम सञ्चालन भएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाइ स्याङ्जाअन्तर्गत जिल्लाका वालिङ, गल्याङ र भिरकोट नगरपालिकामा भैँसी जोन कार्यक्रम सञ्चालन भएको हो ।
जोनअन्तर्गत वालिङ नगरपालिकाका १४ वटा वडा, गल्याङ नगरपालिकाका छवटा र भिरकोट नगरपालिकाका छ गरी कूल २६ वडामा यो कार्यक्रम सञ्चालन हुने प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना स्याङ्जाका कार्यालय प्रमुख माधव लम्सालले जानकारी दिए । वालिङ नगरपालिकाका–१ देखि १४ वटै वडा, गल्याङ नगरपालिकाका १, २, ८, ९, १०, ११ र भिरकोट नगरपालिकाका १, २, ४, ५, ६, ७ नं वडामा उक्त कार्यक्रम सञ्चालन हुने भएको हो ।
समग्रमा कृषि मूल्य शृङ्खलाका अवयवहरूको एकीकृत संयोजन र परिचालनमार्फत खाद्य तथा पोषण सुरक्षा सुनिश्चित गर्दै कृषि औद्योगिकरण उन्मुख दिगो आर्थिक अवसर सिर्जना गरी राष्ट्रको समग्र विकासमा टेवा पुर्याउने परियोजनाको लक्ष्य रहेको प्रमुख लम्सालले बताउनुभयो ।
उत्पादन तथा उत्पादकत्व वृद्धि गर्ने, कृषि यान्त्रिकीकरण, कृषि पूर्वाधार विकास एवंं व्यवसायीकरण प्रवद्र्धन तथा प्रारम्भिक प्रशोधन केन्द्रहरूको स्थापनामार्फत कृषि आधुनिकीकरणको आधारशीला तयार गर्ने, जोन तथा आसपासका क्षेत्रमा रोजगारी सिर्जना गर्ने मुख्य उद्देश्य छ । गत वर्ष फागुनमा नमूना साना किसान कृषि सहकारी संस्था लिमिटेडले भैँसी जोन कार्यक्रम माग गरेकामा प्राविधिक कार्यदलले वालिङ, गल्याङ र भिरकोट नगरपालिकाको फिल्ड अनुगमन गरी अध्ययन एवं प्राविधिक प्रतिवदेन पेश गरेको प्रमुख लम्सालले बताउनुभयो ।
प्रमुख लम्सालका अनुसार जिल्ला परियोजना कार्यान्वयन समन्वय तथा अनुगमन समितिको बैठकबाट प्रदेश परियोजना कार्यान्वयन समन्वय तथा अनुगमन समितिमा अनुमोदन एवं सिफारिसका लागि पेश गर्ने निर्णय गरेको थियो । परियोजना निर्देशक समितिको बैठकले आर्थिक वर्ष २०७८/७९ देखि सञ्चालन हुने गरी भैँसी जोन कार्यक्रम स्वीकृत गरेको थियो । जिल्ला परियोजना कार्यान्वयन समन्वय तथा अनुगमन समितिको बैठकबाट प्रदेश परियोजना कार्यान्वयन समन्वय तथा अनुगमन समितिमा अनुमोदन एवं सिफारिसका लागि पेश गरी उक्त समितिले निर्धारित क्षेत्रको स्वीकृतिका लागि गत भदौमा अनुमोदन एवं सिफारिस गरेको थियो ।
भैँसी जोन कार्यक्रमअन्तर्गत चालु आवमा चिलिङ भ्याट, मिल्क एनालाइजर, डिप फ्रिज, होमोनाइजर, चिलिङ हिटरसहितको दूध सङ्कलन केन्द्र स्थापना सहयोग गर्ने, दूध संकलन तथा ढुवानीका लागि गाडी खरिद, आधुनिक गोठ निर्माण सहयोग गर्ने, गोठ सुधार सहयोग गर्ने, बालीवस्तु विशेष स्थलगत तालिम सञ्चालन गर्ने, जिल्लास्तरमा व्यावसायिक भैँसीपालन तालिम, घाँस उत्पादन कार्यक्रम, कृत्रिम गर्भाधान, पशुरोग व्यवस्थापन, भ्याक्सिन तथा उपचार सहयोग, पशु नश्ल सुधारका लागि भैँसी खरिद सहयोग कार्यक्रम सञ्चालन हुने कार्यालय प्रमुख लम्सालले जानकारी दिनुभयो । पूण्यप्रसाद अर्यालको संयोजकत्वमा नौ सदस्यीय भैँसी जोन सञ्चालन समन्वय समितिसमेत गठन गरिएको छ ।-रासस
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्