काठमाडौं । पर्वतीय पर्यटन व्यवसायीको छाता सङ्गठन ट्रेकिङ एजेन्सिज् एशोसिएशन अफ नेपाल (टान)को ४३ औं वार्षिक साधारणसभा एवं अधिवेशन आगामी माघ २८ गते हुने भएको छ ।
सस्थाका अध्यक्ष खुमबहादुर सुवेदीले कोरोनाका कारण रोकिएको ४२ तथा ४३औं साधारणसभा तथा अधिवेशन माघ २८ गते गर्न लागिएको जानकारी दिनुभयो । विसं २०३५ मा स्थापना भएको सस्थामा हाल देशभर दुई हजारका हाराहारीमा पर्यटन व्यवसायी आवद्ध छन् ।
पदयात्रा तथा पर्वतारोहणको क्षेत्रमा महत्वपूर्ण भूमिका खेलेको टानले कोरोनाका समयमा सरकार र निजी क्षेत्रबीच सहजीकरण गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेको थियो । कोरोनाका बीच विभिन्न पर्यटन ऐनलगायत विदेशी पर्यटकलाई सहजीकरणको भूमिका प्रदान, टान फुड बैंक स्थापना, पर्यटन श्रमिकलाई पर्यटन वोर्डमार्फत रोजगारी सिर्जाना, व्यवसायी तथा ट्रेकिङ गाइडलाई क्रेडिट कार्डको सुविधालगायतका कार्य गरेको थियो ।-रासस
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्