काठमाडौं । बागमती प्रदेशका संस्कृति तथा पर्यटनमन्त्री दीपेन्द्र श्रेष्ठले पर्यटन व्यवसायीको हितमा प्रदेश सरकारले काम गर्ने बताउनुभएको छ । ट्रेकिङ एजेन्सीज् एशोसिएशन अफ नेपाल (टान)ले मङ्गलबार मन्त्री श्रेष्ठको सम्मानमा आयोजना गरेको कार्यक्रममा उहाँले पर्यटन क्षेत्रमा देखिएको समस्या समाधानका लागि प्रदेश सरकारले काम गर्ने बताउनुभएको हो । “पर्यटन व्यवसायीको हितका लागि प्रदेशले गर्नुपर्ने कामलाई मैले गम्भीरताका साथ लिएको छु”, उहाँले भन्नुभयो । पर्यटन प्रवद्र्धनका लागि व्यवसायीसँग सहकार्य गरेर अगाडि बढ्ने उहाँको भनाइ थियो ।
टानका अध्यक्ष खुमबहादुर सुवेदीले कोरोनाका कारण थलिएको पर्यटन व्यवसायलाई चलायमान बनाउन र व्यवसायीमैत्री पर्यटन ऐन निर्माणका लागि प्रदेश सरकारको सहयोग आवश्यक रहेको बताउनुभयो । सरकारले कोरोनाका कारण पलायन हुन लागेका पर्यटन व्यवसायीलाई रोक्न विशेष प्याकेज ल्याउनुपर्ने उहाँको भनाइ थियो ।
टानका पूर्वअध्यक्ष एवं नेपाल पर्यटन बोर्डका उपाध्यक्ष चन्द्र रिजाल, उपत्यका पर्यटन कार्यालयका प्रमुख टङ्क भट्टराईलगायतले पर्यटनमैत्री ऐन कानून नबन्दा कतिपय पर्यटकीय गतिविधि अगाडि बढाउन समस्या भएको जनाउँदै प्रदेश सरकारले पर्यटनलाई महत्वका साथ अगाडि बढाउनुपर्ने बताउनुभएको छ ।-रासस
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्