×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

तारा एयरको टिकटमा मनोमानी, ५ हजारको ठाउँमा ८ हजार तिर्न बाध्य जुम्लाबाट नेपालगञ्ज आउने यात्रु

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

तारा एयरको टिकटमा मनोमानी, ५ हजारको ठाउँमा ८ हजार तिर्न बाध्य जुम्लाबाट नेपालगञ्ज आउने यात्रु

Artha Sarokar

२६ मंसिर २०७८, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

जुम्ला । जुम्लाका हेमन्त घिमिरेले मङ्सिर ७ गते तारा एयरको ई–सेवाबाट जुम्लाबाट नेपालगञ्जको टिकट बुकिङ गरे । हाल हवाई इन्धनको मूल्यवृद्धि भएसँंगै जुम्लाबाट नेपालगञ्जसम्मको भाडादर पाँच हजार ८३० तोकिएको छ । तर तारा एयरको ई–सेवाले भने घिमिरेको रु आठ हजार ८३० काट्यो ।
तारा एयरकै अनलाइन एप्सले भने रु पाँच हजार ८३० नै काट्छ । यसरी बितेको एक महिनामा हेमन्त घिमिरेजस्तै जुम्लाबाट नेपागञ्जका लागि उडान भर्ने करिब १० देखि १२ यात्रु तारा एयरको ई–सेवाबाट ठगिएको पाइएको छ । सोमबार मानवअधिकार आयोग, चन्दनाथ नगरपालिका र पत्रकार महासङ्घद्वारा सेवा प्रवाहको अवस्थाबारे गरिएको संयुक्त अनुगमनका क्रममा यस्तो भेटिएको हो । एउटै दूरीको हवाई भाडा ई–सेवाबाट दोब्बर महङ्गो र अनलाइन तथा वितरण गरिएको टिकटको मूल्य फरक परेपछि ठगिएको भन्दै तारा एयरको ई–सेवा सञ्चालनमा रोक लगाउनुपर्ने यात्रुले माग गरेका छन् ।
हरेक चारवटा सिट अनलाइन बुकिङका लागि छुट्याएको तारा एयरका जुम्ला स्टेशन प्रमुख दीपक भट्टचन्दले बताए । उनका अनुसार टिकट बुकिङ गर्दा आठ हजार ८३० भाडा काटेको पाइयो । किन र कसरी भयो भन्ने थाहा छैन । तर टिकट बुक गर्दा ध्यान पु¥याउन भनेका छौँ । हालसम्म करिब १२ जना जतिले ई–सेवाबाट आठ हजार ८३० भाडा तिरिसकेका छन् । सिस्टमले लिइसकेपछि फिर्ता गर्न पनि सम्भव नरहेकाले ई–सेवाबाट टिकट नकाट्न अनुरोध गरिएको उनको भनाइ छ ।
जुम्ला विमानस्थलका प्रमुख सन्तोष अधिकारीले तारा एयरको ई–सेवाबाट यात्रु ठगिएको विषयमा पत्रचार गरिसकेको बताए । उनले भने, “ई–सेवा भारतबाटै लन्च भएको हुनसक्छ । सफ्टवेयरमा पनि समस्या छ । टिकट बुकिङ गर्दा सिटिजनसीप आउँदा नेपाली छनोट गर्नुपर्छ । यात्रुले थाहा नपाएरै टिकट बुक गर्दा भारतीय पाँच हजार काट्ने गरेका छन् । सुधार गर्न भनेका छौँ । तर माथिबाटै यात्रुलाई सचेत रहन भनिएको छ । सचेत रहन भनिए पनि टिकट छिटो लिने दाउमा यात्रुहरू ठगिरहेका छन् ।”
ई–सेवाबाट एउटै दूरीको फरक भाडा भएकाले तत्काल सुधारमा ध्यान दिनुपर्ने मानवअधिकार अधिकृत धनराज शाहीको भनाइ छ । उनले भने, “अनलाइन टिकट शिक्षित मान्छेले नै काट्छ । तर तारा एयरको ई–सेवाले शिक्षितलाई ठगिरहेको छ । यसमा जिल्लादेखि केन्द्रको व्यवस्थापनले सुधार गर्नुपर्ने देखिन्छ । सञ्चारको जमानामा ई–सेवाबाट ठगिन थालेपछि आयोगको ध्यान केन्द्रित भएको छ ।”
तारा एयरले एक दिनमा चार टिकट अनलाइन बुकिङका लागि छुट्याएको छ । अनलाइन टिकट बुक गर्दा ई–सेवा प्रयोग नगर्न सबै यात्रुलाई परामर्श गरिरहेको समेत स्टेशन प्रमुख दीपक भट्टचन्दको भनाइ छ । उनले भने, “सिस्टम हेर्दा महङ्गो तिरेको देखिन्छ । यसमा हामीले केही गर्न सक्दैनौँ केन्द्रबाट समस्या समधानको पहल हुनेछ ।” -रासस
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी