पर्सा । देशकै प्रमुख व्यापारिक नाका वीरगन्ज भन्सार प्रयोग गरी भारत तथा तेस्रो मुलुकतर्फ हुने नेपाली वस्तुको निर्यातमा उलेख्य वृद्धि भएको छ । गत आर्थिक वर्षको पहिलो चौमासिको तुलनामा चालु आवको सोही अवधिमा उक्त नाका प्रयोग गरी हुने नेपाली वस्तुको निर्यातमा दुई गुणाभन्दा बढी वृद्धि भएको हो ।
आर्थिक वर्ष २०७७/०७८को साउनदेखी कात्तिकसम्मको चार महिनामा वीरगन्ज नाका प्रयोग गरी १२ अर्ब ४४ करोड मूल्य बराबरका विभिन्न वस्तु निवासी भएकामा चालु आर्थिक वर्षको साउनदेखि कात्तिकसम्म ३९ अर्ब ५६ करोड ३९ लाख बराबरको विभिन्न वस्तु निकासी भएको छ ।
विश्वस्तरमै कोरोनाको सङ्क्रमण घटदै गएपछि उद्योग व्यापारमा पनि सहजता भएकाले भारत तथा तेस्रो मुलुकतर्फ हुने नेपाली वस्तुको निर्यामा वृद्धि देखिएको कार्यालयका सूचना अधिकारी सुमित गुप्ताले जानकारी दिनुभयो । उहाँले नेपालबाट भारत तथा तेस्रो मुलुकतर्फ हुने नेपाली वस्तुको निर्यातमा सबैभन्दा बढी भटमासको प्रशोधित तेल, प्रशोधित पाम आयल, फलफूलको जुस, सूर्यमुखीको प्रशोधित तेल, भटमासको पिना, जडिबुटीलगायत वस्तु रहेको बताउनुभयो ।
नेपाली वस्तुको निर्यात वृद्धिसँगै यसको प्रभाव राजश्व संकलनमा समेत देखिएको छ । गत आर्थिक वर्षको पहिलो चौमासिको तुलनामा चालु आवको सोही अवधिमा कार्यालयले २६ अर्बभन्दा बढी राजश्व सङ्कलन गर्न सफल भएको हो । गत आर्थिक वर्षको पहिलो चार महिनामा उक्त कार्यालयले ४३ अर्ब ६७ करोड २६ लाख राजश्व संकलन गरेकामा । चालु आर्थिक वर्षमा २६ अर्ब ४४ करोड ८८ लाख बढी अर्थात् ७० अर्ब १२ करोड १४ लाख राजश्स संकलन गर्न सफल भएको छ । रासस
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्