वीरगञ्ज । देशकै मुख्य व्यापारी नाका वीरगञ्जबाट आयात तथा र्नियात बढेसँगै भन्सार कार्यालयको राजस्व संकलनमा उलेख्य सुधार भएकोे छ । गत आर्थिक वर्षको पहिलो पाँच महिनाको तुलनामा चालू आवको पहिलो पाँच महिनामा यस कार्यालयले ५२ प्रतिशत भन्दाबढी राजस्व संकलन गर्न सफल भएको हो ।
आर्थिक वर्ष २०७७/७८को साउनदेखि मङ्सिर मसान्त सम्मको पाँच महिनामा ५८ अर्ब १५ करोड ९९ लाख राजस्व संकलन गरिएकामा चालू आवको सोही अवधिमा ३० अर्ब ५३ करोड ९२ लाख बढी अर्थात ८८ अर्ब ६९ करोड ९२ लाख राजश्व संकलन भएको छ । यो गत आवको तुलनामा ५२.५० प्रतिशत बढी हो ।
विभागलले चालू आवको साउनदेखि मङ्सिर मसान्तसम्मको अवधिमा ८२ अर्ब ६१ करोड २५ लाख राजस्व संकलनको लक्ष्य लिएकामा कार्यालयले लक्ष्यभन्दा छ अर्ब आठ करोड ६६ लाख बढी राजस्व संकलन गर्न सफल भएको सूचना अधिकारी सुमित गुप्ताले जानकारी दिनुभयो । उहाँले देशकै प्रमुख व्यपारिक नाका वीरगञ्जलाई प्रयोग गरी सवारी साधन, इन्धन, औद्योगिक कच्चापदार्थलागयत वस्तुको आयात बढेकाले राजस्व संकलनमा सुधार देखिएको बताउनुभयो ।
गत आर्थिक वर्षको पहिलो पाँच महिनामा ५४ अर्ब ७३ करोड ५७ लाख राजस्व संकलनको लक्ष्य रहेकामा कार्यालयले लक्ष्यभन्दा तीन अर्ब ४२ करोड ४१ लाख बढी राजस्व संकलन गरेको थियो । नेपालका लागि हुने इन्धन आयातबाट संकलित राजस्वमा ३५ प्रतिशत र सवारीसाधन आयातबाट २५ प्रतिशत राजस्व वृद्धि भएको कार्यालयले जनाएको छ ।-रासस
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्