उदयपुर । उदयपुरको चार गाउँपालिका जोड्ने ग्रामीण सडक कालोपत्र नहुँदा स्थानीय बासिन्दालाई सास्ती भएको छ । सडकको अवस्था ठिक नहुँदा दैनिक उपभोग्य बस्तु ढुवानी तथा आपूर्तिमा समस्या भएको छ । एक दशक अघि निर्माण गरिएको गाउँपालिका जोड्ने कच्ची सडक बर्सेनि वर्षाले भत्काउने गरेको छ । कतिपय स्थानमा पहिरोले सडक पुरिएको छ । सडक पुनःनिर्माण नहुँदा दैनिक उपभोग्य बस्तु ढुवानी गर्न समस्या भएको लिम्चुङबुङ गाउँपालिकाका यातायात व्यवसायी कुमार थापा मगर बताउनुहुन्छ ।
लिम्चुङबुङ गाउँपालिका–४ जाँतेका दुर्गाप्रसाद बुढाथोकी अहिलेसम्म ग्रामीण सडकको अवस्था सुधार गर्न पहल नभएको बताउनुहुन्छ । गाईघाट–मुर्कुर्ची–पुवारे–डिल्लीबरह सडक निर्माण एक दशक भइसक्यो, अहिलेसम्म ग्राभेल समेत हाल्न सकेको छैन । यातायात व्यवसायीले गाईघाट र मुर्कुची बजारबाट जोखिम मोलेर सामाग्री ढुवानी गर्नुपरेको लिम्चुङबुङ गाउँपालिका–२ बराहका दामोदर बराल बताउनुहुन्छ ।
जोखिमपूर्ण सडकको कारण नै ३० किलोमिटर दूरी पर रौताको मुर्कुची बजारबाट ढुवानी गरेको दैनिक उपभोग्य वस्तु गाउँमा दोब्बर मूल्यमा किनेर उपभोग गर्न बाध्य हुन परेको सोही गाउँपालिका ५ बलाम्ताका केसर राज राईको गुनासोे छ । कटारी बजारहुँदै बेतिनी पहाडी क्षेत्रको ताप्ली गाउँपालिकाको ओख्ले, पिपल भञ्ज्याङ इनामे जोड्ने ग्रामीण सडक अहिलेसम्म पनि व्यवस्थित नहुँदा दैनिक उपभोग्य वस्तु ढुवानी गरेर उपभोग गर्न कठिनाइ हुने गरेको ओख्लेका धनराज ठकुरी बताउनुहुन्छ ।
एक दशकअघि कटारी बेतिनीहुँदै ताप्लीको ओख्ले नूनथला पिपलभन्ज्याङ जोड्ने ६ मिटर चौडाइको ग्रामीण सडक अहिले भत्किएको छ । धेरै स्थानमा ठूला–ठूला खाल्डा परेका छन् । “ज्यान जोखिम मोलेर सवारीसाधन सञ्चालन गरी सामान ढुवानी गर्नु परिरहेको छ”, उहाँले भन्नुभयो । उदयपुरगढी गाउँपालिकाको भलायाडाँडा, तावाश्री, नामेटार जोड्ने सडक, रौतामाई गाउँपालिकाको भुटार, पाँबु, डिल्लीबर, मलबासे सल्ले जोड्ने ग्रामीण सडकको अवस्था पनि अन्य ग्रामिण सडकको जस्तै छ । -रासस
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्