काठमाडौं । उन्नति सहकार्य लघुवित्तले सातौं वार्षिक साधारणसभा पुस २८ गते गर्ने भएको छ । सभा होटल मौर्या रुपन्देही भैरहवामा बिहान ११ बजेदेखि सुरु हुने भएको हो । सभामा गत वर्षको नाफाबाट ३०% बोनस सेयर वितरण गर्ने प्रस्ताव पेश हुनेछ । त्यस्तै, सर्वसाधारण सेयर स्वामित्व अनुपात ३०% कायम गर्न एफपीओ जारी गर्ने प्रस्ताव पारित गर्ने एजेन्डा पनि सभामा रहेको छ ।
सभामा अन्य वित्तीय संस्थाहरुसँग गाभ्ने-गाभिने सम्बन्धि सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पनि रहेको छ । आर्थिक वर्ष २०७७/७८ को वासलात, नाफा-नोक्सान र नगद प्रवाहमाथि छलफल हुनेछ ।
यस्तैसाधारण सभा तथा लाभांश प्रयोजनका लागि कम्पनीले पुस १४ गते बुक क्लोज गर्दैछ । पुस १३ गतेसम्म कायम रहने सेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्