लालितपुर । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले ललितपुर महानगरपालिकालाई पर्यटकीय नगरका रुपमा अघि बढाउन विकासमा पछि परेका वडालाईसमेत ध्यानमा राखी योजना अघि बढाइने बताएकी छिन् ।
महानगरपालिकाको ‘१०३ औं स्थापना दिवस’ को अवसरमा उनले पुल्चोक क्षेत्रसरह विकासमा पछि परेका खोकना अनि बुङ्मती तथा हरिसिद्धिलगायत वडालाई पनि उत्तिकै विकासमा अघि बढाउन आफूहरु लागि परेको बताईन् । मन्त्री भुसालले भन्छिन्, “महानगरपालिकामा कसरी धेरैभन्दा धेरै पर्यटक आकर्षित गर्न सकिन्छ त्यसतर्फ ध्यान दिन जरुरी छ । यहाँ रहेका मूर्त तथा अमूर्त सम्पदाले आन्तरिक तथा बाह्य पर्यटकको ध्यान आकर्षित गर्न सफल भए नमूना नगर हुनेछ ।” महानगरलाई उज्यालो नगर बनाउने निर्णयअनुरुप नेपाल विद्युत प्राधिकरणसँग सहकार्य गरिने पनि उनले जोड दिईन् ।
ललितपुर क्षेत्र नं ३ का प्रदेशसभा सदस्य राजकाजी महर्जनले महानगरलाई सांस्कृतिक नगरका रुपमा विकास गर्न आफूहरु लागि परेको बताए । प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले महानगरमा रहेका कूल जनसङ्ख्यामध्ये ८२ प्रतिशतलाई कोरोनाको खोप उपलब्ध गराइएको उल्लेख गरे। महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले आफू निर्वाचित भएर आएपछि यहाँका ७० पाटीपौवा निर्माण गरिसकेको जानकारी गराए । उनले भने, “महानगरपालिकाभित्र प्रसस्तै मात्रामा मठमन्दिर २०७२ सालको भूकम्पले जिर्ण बनाएकामा धेरैजसो पुनः निर्माण गर्न सफल भएको बताए ।
कार्यक्रममा महानगरपालिकामा २५ वर्षसम्म सेवा गर्ने कर्मचारी र उत्कृष्ट करदातालाई सम्मान गरिएको थियो भने कोरोनाबाट मृत्यु भएका सबै वडाका एक-एक परिवारलाई एक लाख २० हजार सहयोग र ए डिभिजनमा पुगेको सातदोबाटो युथ क्लबलाई २० लाख प्रदान गरिएको थियो । महानगरमा सफाइलगायत कार्य गर्न विसं १९७५ मा छेमडोल अड्डा स्थापित भएकोमा २००९ सालमा ललितपुर नगरपालिका, २०१८ मा ललितपुर नगरपञ्चायत २०४७ मा पुनःललितपुर नगरपालिका, २०५२ मा उपमहानगरपालिका भएर यससँग जोडिएका अन्य १० वडालाई मिलाएर २०७३ चैत १० गते महानगरपालिका घोषणा गरिएको जानकारी गराइएको थियो । हाल यस महानगरमा २९ वडा छन् । रासस
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्