×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

भायानेटले ल्यायो १७५ एमबिपिएसको इन्टरनेटसहित भायाटिभी मात्र १२५० मा !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

भायानेटले ल्यायो १७५ एमबिपिएसको इन्टरनेटसहित भायाटिभी मात्र १२५० मा !

Artha Sarokar

२३ मंसिर २०७८, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । ग्राहकहरुको कामगर्ने, पढ्ने र खेल्ने बढ्दो आवश्यकताको लागिउच्च-गुणस्तरको उच्च स्पीड भएको इन्टरनेट सेवा प्रदान गर्ने उद्देश्य पूरा गर्न भायानेटले अल्ट्रा-फाई लाइनका प्रोडक्टहरु ल्याएको छ । यस अफरले प्रयोगकर्ताहरुलाई न्यूनतम मूल्यमा उच्चतम इन्टरनेट स्पीड दिने इन्टरनेट प्लान प्रदान गर्दछ ।

अल्ट्रा–फाईअन्तर्गत, भायानेटले १२५ एमबिपिएस, १७५ एमबिपिएस र २५० एमबिपिएसको तीन वटा प्लान ल्याएको छ । यस सिरिज्को मुख्य प्लान १७५ एमबिपिएसको इन्टरनेट हो, जुन २ वटासम्म भायाटिभी सदस्यताको साथ आउँछ, जसको वार्षिक सदस्यता लिंदा प्रति महिना मात्र  १२५० पर्न आउँछ । यसका साथै यसको साथ भायानेटले निःशुल्क इन्टरनेट जडान, निःशुल्कपहिलो सेट–टप–बक्स र सबै प्याकेजहरुमा १००० रिवार्ड अंक प्रदान गर्दैछ, जुनकारणले गर्दा अल्ट्रा–फाई सबै भन्दा आकर्षक इन्टरनेट प्लान मध्य एक बनेको छ ।

सर्वोत्कृष्ट डिजिटल अनुभव प्रदान गर्ने आफ्नो लक्ष्यप्रति भायानेट निरन्तर अघि बढिरहेको छ । नयाँ ब्याण्डविथ सपोर्ट गरेर भायानेटले आफ्नो संरचनालाई अपग्रेड गर्नको लागिनोकिया र सी–डाटासँग अपग्रेडेड साझेदारी गरेर डुअल ब्राण्ड ONUs-अप्टिकल नेटवर्क युनिट प्रदानगरिरहेको छ ।

भायानेटका अनुसार अहिले भायानेटले प्रदान गरिरहेको ONUs मेश सपोर्ट गर्न सक्षम छ र चाँडै नै आफ्नो ग्राहकहरुको लागि किफायतीमेशवाईफाई ल्याउँदै छ । अधिकजानकारीको लागी www.vianet.com.np/ultrafi  मा जानकारी लिन सकीनेछ । भायानेट, नेपालभरि व्यावसायिक र व्यक्तिगत प्रयोजनका लागि उच्च गतिको इन्टरनेट कनेक्टिभिटी र टेलिभिजन सेवा प्रदायक हो ।

 

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी