×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

देश बोल्ने फोटो कथा : तरकारी बिक्री गर्दै कञ्चनपुर महिला, सडक मर्मत गर्दै ताप्लेजुङका स्थानीय

काठमाडौं । देशभर विभिन्न घटना घट्छन् । केहि सामान्य समाचारका विषय हुन्छन्, केहि समाचारले असामान्य कम्पन पैदा गरिदिन्छन् । केहि तस्विर फगत तस्विरमात्र हुन्छन् भने केहि तस्विरले देश बोल्दछन् । हामी हरेक दिन सातै प्रदेशका त्यस्ता तस्विरहरुलाई प्रकाशन गर्छौँ, जसले देश र जनताको आर्थिक स्थिति प्रतिनिधित्व गर्छ । समसामयिक विषयमा राज्यलाई खबरदारी गर्छ र जनताको जीवन बोल्छ ।

आज कुन-कुन ठाउँमा के-के भयो ? यी दृश्यहरु आफैं बोलिरहेछन् । आजको अंकमा हामीले तरकारी बिक्री गर्दै कञ्चनपुर महिलादेखि सडक मर्मत गर्दै ताप्लेजुङका स्थानीयसम्मका तस्विरलाई फोटोमा समेटेका छौं ।

हेरौं फोटो समाचार :

कञ्चनपुरको महेन्द्रनगर बजारको सव्जीमण्डीमा बिहानीको चिसोमै तरकारी र सुकाइएको माछा (सुकुटी) बेच्नका लागि बसेका महिला । आर्थिक रुपमा विपन्न परिवारले सव्जीमण्डीमा तरकारी बेचेर साँझ बिहानको खाना खर्च जुटाउने गरेका छन् ।

ताप्लेजुङको सदरमुकाम फुङलिङ नगरपालिका वडा नं ५ हुलाक लाइन क्षेत्रमा सडक मर्मत गर्दैै स्थानीय ।

पोखराको पार्दीमा बेमौसमी हरियो मकै एक झोलाको सयमा बिक्री गर्दै व्यापारी ।

कालीकोटको शुभकालिका गाउँपालिका जोड्ने सडक निर्माण गरिँदै ।

बागबजार सडक किनारमा स्ट्रोबरी खरिद गर्दै युवती ।

म्याग्दीको बेनी नगरपालिका वडा न. ४ बास्कुनामा फलेका सुन्तला गाडीमार्फत विक्रीका लागि बजार पठाउने तयारीमा । यस वर्ष म्याग्दीमा सुन्तला उत्पादन विगतको भन्दा कम भएको छ  ।

Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: