काठमाडौं । कोरोना संक्रमण बढेपछि लोक सेवा आयोगले लिखित परीक्षाहरु माघ मसान्तसम्म स्थगन गरेको छ ।
आयोगको बिहिबार बसेको बैठकले लिखित परीक्षाहरु माघ ११ देखि माघ मसान्तसम्मका लागि स्थगित गर्ने निर्णय गरेको सूचना अधिकारी देवी प्रसाद सुवेदीले जानकारी दिए । माघ ११ गतेदेखि उपसचिवको परीक्षा तय भएको थियो । संगठित संस्थाका परीक्षाहरु पनि यही बिचमा तय भएका थिए । ती सबै परीक्षाहरु हाललाई स्थगित भएका छन् ।