काठमाडौं । एसियन लाइफ इन्स्योरेन्सको वार्षिक साधारणसभा माघ २१ गते हुने भएको छ । कम्पनीले २७% लाभांश प्रस्तावसहित माघ २१ गते सभा बोलाएको हो । कम्पनीले आर्थिक वर्ष २०७६–७७ को सञ्चित मुनाफाबाट सेयरधनीलाई २५% बोनस सेयर र २% नगद गरी कुल २७% लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
उक्त आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा–नोक्सान तथा नगद प्रवाह विषयमा पनि छलफल हुनेछ । कम्पनीको ५१% स्वामित्व रहेको एसियन क्यापिटलमा सामूहिक लगानी कोष सञ्चालन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि रहेको छ । प्रस्तावित बोनस सेयरपछि पुँजी वृद्धि हुने भएकाले सोही बमोजिम प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने एजेन्डा छ ।
बोनस वितरणपछि चुक्ता पुँजी २ अर्ब ५१ करोड रुपैयाँ भन्दा बढी पुग्नेछ । सभा होटल दियालो लर्डस् आदर्शनगर, वीरगञ्जमा बिहान ११ः३० बजे सुरु हुनेछ । सभाका लागि कम्पनीले माघ १२ गते बुक क्लोज गर्ने भएको छ । माघ ११ गतेसम्म कायम रहने सेयरधनी मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउनेछन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्