काठमाडौं । अभियान लघुवित्त वित्तीय संस्थाले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले प्रति सेयर १०० अंकित दरको ९,७५,००० कित्ता साधारण सेयर सर्वसाधारणहरुका लागि निष्कासन गर्ने भएको हो ।
कम्पनीले मुक्तिनाथ क्यापिटल लिमिटेडलाई धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । साधारण सेयर निष्कासन सम्बन्धी सम्झौता-पत्रमा अभियान लघुवित्त वित्तीय संस्थाकोतर्फबाट का.मु. प्रमुखकार्यकारी अधिकृत रोशनकुमार अधिकारी र मुक्तिनाथ क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कबिन्द्र ध्वज जोशीले हस्ताक्षर गरे । हाल अभियान लघुवित्त वित्तीय संस्थाको अधिकृत पूँजी ३० करोड, जारी पूँजी २५करोड, र चुक्तापूँजी १५ करोड २५ लाख रहेको छ भने सर्वसाधारणहरुलाई सेयर निष्कासन गरी बाँडफाँट गरे पश्चात वित्तीय संस्थाको चुक्ता पूँजी २५ करोड हुनेछ ।
अभियान लघुवित्त वित्तीय संस्था लिमिटेड कम्पनी ऐन, २०६३ अन्तर्गत पब्लिक लिमिटेड कम्पनीको रुपमा कम्पनी रजिष्ट्रार कार्यालयमा दर्ता भई मिति २०७६/६/१ गते नेपाल राष्ट्र बैंकबाट वित्तीय कारोबार गर्न इजाजतपत्र प्राप्त गरी राष्ट्रिय स्तरको “घ” बर्गको वित्तीय संस्थाको रुपमा स्थापित तथा संचालित लघुवित्त वित्तीय संस्था हो ।
यस वित्तीय संस्थाले २०७६ साल मंसीर महिना १ गतेदेखि आफ्नो वित्तीय कारोवारको शुुभारम्भ गरेको हो । पनौती, काभ्रेमा केन्द्रीय कार्यालय रहेको यस वित्तीय संस्थाले नेपाल राज्यभर ६० वटा शाखा कार्यालयमार्फत २४,८८३ जना विपन्न वर्गका महिलाहरुलाई समूहमा आबद्घ गरी २४ करोड ६२ लाख ९५ हजार बचत संकलन तथा १९९ करोड ९० लाख २९ हजार कर्जा प्रवाह रहेको छ ।
यसैगरी आर्थिक वर्ष ०७७/०७८ को आषाढ मसान्त सम्ममा १ करोड ७७ लाख खूद मुनाफामा रहेको यस वित्तीय संस्था चालुु आर्थिक वर्षको दोश्रो त्रैमासिक अवधि सम्ममा १ करोड ३७ लाख खुद मुुनाफा आर्जन गर्न सफल भएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्