काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थामा जम्मा भएको निक्षेप २० बर्षसम्म कसैले लिन नआए राष्ट्र बैंकको बैंकिङ कोषमा जम्मा हुने जनाएको छ । राष्ट्र बैंकले आज एक सूचना जारी गर्दै बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३ बमोजिम २० वर्षसम्म लिन बुझ्न नआएका वा दाबी नपरेका निक्षेप राष्ट्र बैंकको बैंकिङ विकास कोषमा जम्मा गर्न बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन दिएको हो।
यसरी बैंकिङ विकास कोषमा जम्मा गरिएको रकमको निक्षेपकर्तासम्बन्धी विस्तृत विवरण सुरक्षित राख्ने जिम्मेवार रकम जम्मा गर्ने बैंक तथा वित्तीय संस्थाको हुनेछ। कोषमा जम्मा गरिएको रकममाथि निक्षेपकर्ता वा निक्षेपकर्ताको कानुनी हकवालाबाट सम्पूर्ण कानुनी प्रक्रिया पूरा गरी दाबी पर्न आएमा सम्बन्धित बैंक तथा वित्तीय संस्थाले प्रमाणसहित राष्ट्र बैंकमा दाबी पेस गर्नुपर्नेछ।
राष्ट्र बैंकले त्यसरी जम्मा भएको पैसामा ब्याज दिँदैन। तर सम्बन्धित निक्षेपको ब्याज पाकी रहने हुनाले बैंक तथा वित्तीय संस्थाले भने तिर्नुपर्छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्