×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बैंकमा खाता खोल्न जाँदा वृद्धाको मृत्यु

GLOBAL IME BANK
SHREE KESH

बैंकमा खाता खोल्न जाँदा वृद्धाको मृत्यु

३० पुष २०७८, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

कालिकोट । बैंक खाता खोल्न हिँडेकी ६० बर्षीया वृद्धाको बीच बाटो मै निधन भएको छ। कालीकोट जिल्लाको पलाँता गाउँपालिका–३ पनेराकी टिउकी बमको नबिल बैंकमा खाता खोल्न जाने क्रममा बाटोमै निधन भएको हो ।
पालिकाले बैंक खाता नभइ वृद्धभत्ता नदिने भनेपछि उनी खाता खोल्न करिब १० किलोमिटर टाढाको थिर्पु जादै थिइन । सोही क्रममा उनको ज्यान गएको हो । १० किलोमिटर हिडेर खाता खोल्न जानु पर्ने भएपछि उनी बिहीबार बिहानै घरबाट हिडेकी थिइन् ।
वृद्धावस्था र शारीरिक रुपमा पनि अस्वस्थ हुँदाहुँदै उनी घरबाट निस्केको स्थानीयले बताएका छन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: