काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडको सार्वजनिक गरेको छ । बैंकले आफ्नो ग्राहकलाई उत्कृष्ट बैंकिङसेवा तथा सुबिधाहरु प्रदान गर्ने उद्देश्यले ग्राहकहरुको उच्चतम् लाभलाई मध्य नजर गर्दै BOK Smart Savings Account सार्वजनिक गरेको हो ।
“कारोबार अब अझ फटाफट” भन्ने मुलनाराका साथ ग्राहकहरुलाई बैंकिङ सेवाहरुमा थुप्रै छुटहरुको साथ उच्चतम ब्याजदरको ब्यवस्थासहित बैंकले उक्त बचत खाता संचालनमा ल्याएको छ । उक्त बचत खाता ग्राहकहरुले प्रबिधिको प्रयोग गरी अनलाइनको माध्यमबाट पनि खाता खोल्न सक्नेछन् ।
यस बचत खाता खोल्दा ग्राहकहरुले ६.५५% वार्षिक ब्याजदरसहित मोबाईल बैंकिङ शुल्कमा, डेबिट कार्ड जारी शुल्कमा, BOK e-com Dollar Card जारी शुल्कमा ५०% को छुट तथा अन्य बैंकिङ सेवाहरुमा धेरै छुटहरुको फाइदा उपयोग गर्न सक्नेछन् । थुप्रै छुट अनि धेरै सुबिधाहरुसहित बैंकले सार्वजनिक गरेको उक्त बचत खाताले ग्राहकहरुको बैंकिङ कारोबारमा अझै सहजता बनाउने विश्वास बैंकले लिएको छ ।
हालसम्म बैंक अफ काठमाण्डू लिमिटेडले ९२ शाखा कार्यालयहरु, ८४ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहकहरुलाई उत्कृष्ट बैंकिङ सुविधा प्रदान गर्दै आईरहेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्