×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बैंक अफ काठमाण्डू र मेडिप्लस अस्पताल तथा ट्रमा सेन्टरबीच सम्झौता, अस्पताल तथा ट्रमा सेन्टरमा १०% सम्म छुट पाईने

GLOBAL IME BANK
SHREE KESH

बैंक अफ काठमाण्डू र मेडिप्लस अस्पताल तथा ट्रमा सेन्टरबीच सम्झौता, अस्पताल तथा ट्रमा सेन्टरमा १०% सम्म छुट पाईने

६ माघ २०७८, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । बैंक अफ काठमाण्डू र मेडिप्लस अस्पताल तथा ट्रमा सेन्टरबीच सम्झौता भएको छ । बैंक र मेडिप्लस अस्पताल तथा ट्रमा सेन्टरबीच बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङबाट क्यूआर कोड स्क्यान गरी भुक्तानी गर्दा बैंकको ग्राहकहरुले १०% सम्म छुट उपलब्ध गराउने सम्झौता भएको हो ।

यस सम्झौता पश्चात् ग्राहकहरुले मेडिप्लस अस्पताल तथा ट्रमा सेन्टरले प्रदान गर्ने विभिन्न स्वास्थ्य सेवाहरुमा १०% छुट पाउनेछन् । ग्राहकहरुले उक्त सेवाहरुमा छुट उपयोग गर्नको लागि बैंकको मोबाइल बैंकिङ तथा कार्डहरुको प्रयोग गरी भुक्तानी गर्नुपर्नेछ ।

मेडिप्लस अस्पताल तथा ट्रमा सेन्टरले कास्की जिल्लाबाट सेवाग्राहीहरुलाई गुणस्तरीय सेवा तथा सुबिधाहरु प्रदान गर्दै आईरहेको छ । बैंक अफ काठमाण्डू लिमिटेडले ९४ शाखा कार्यालयहरु, ८४ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहकहरुलाई उत्कृष्ट बैंकिङ सुविधा प्रदान गर्दै आईरहेको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: