बारा । आन्तरिक राजश्व कार्यालय सिमरा बाराले आर्थिक वर्ष ०७८/०७९ को साउनदेखि मङ्सिरसम्म पाँच महिनामा अन्तःशुल्क, स्वास्थ्य सेवा शुल्क, मूल्य अभिवृद्धि कर, आयकर, घर बहाल कर, ब्याज कर र शिक्षा करसमेत गरी रु पाँच अर्ब ३१ करोड ९७ लाख ५४ हजार राजस्व सङ्कलन गरेको छ ।
कार्यालयले ०७८ साउनदेखि ०७८ मङ्सिरसम्म अन्तःशुल्क कर रु तीन अर्ब १५ करोड चार लाख ५४ हजार, स्वास्थ्य सेवाकर रु एक अर्ब ११ करोड ६८ लाख ३० हजार, मूल्य अभिवृद्धि कर रु ५५ करोड १६ लाख ९१ हजार, आयकर रु ४६ करोड ७३ लाख ६६ हजार, घर बहाल कर रु एक करोड ९६ लाख १९ हजार, ब्याज कर रु एक करोड ७८ लाख ८७ हजार र शिक्षा कर रु १७ हजारसमेत गरी पाँच अर्ब ३१ करोड ९७ लाख ५४ हजार राजस्व सङ्कलन गरेको छ ।
सो कार्यालयअन्तर्गत बारा, रौतहट जिल्लाका करदाताबाट उक्त राजस्व सङ्कलन गरिएको कार्यालयले जनाएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्