काठमाडौं । वरुण हाइड्रोपावर कम्पनीले स्थगित वार्षिक साधारणसभा माघ १२ गते आह्वान गरेको छ । कम्पनीले सभा रजिष्टर्ड कार्यालय, अनामनगर काठमाडौंमा बिहान ९ बजे भर्चुअल माध्यमबाट बोलाएको हो ।
सभामा यस कम्पनीले १००% हकप्रद निष्काशन गर्ने प्रस्ताव पेस गर्नुका साथै आर्थिक वर्ष २०७७–७८ को वासलात, नाफा–नोक्सान र नगद प्रवाहमाथि सभामा छलफल गर्नेछ । यसले आरबीबी मर्चेन्ट बैंकिङलाई बिक्री प्रबन्धक नियुक्त गरिसकेको छ ।
यस्तै सभामा आर्थिक वर्ष २०७८–७९ का लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्नेलगायतका एजेन्डामा छलफल हुनेछ । सभाका लागि कम्पनीले पुस १६ गते बुक क्लोज गरिसकेको छ ।
त्यसैले पुस १५ गतेसम्म कायम लगानीकर्ता मात्र सभामा भाग लिन सक्नेछन् । यसअघि पुस २५ गते आह्वान गरिएको सभा गणपूरक संख्या नपुगेपछि स्थगित गरिएको थियो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्