×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बरुण हाइड्रोपावरको नाफामा १५८.२६% को छलाङ, अन्य सूचकमा पनि आकर्षक वृद्धि

PRIME CA
GLOBAL IME BANK

बरुण हाइड्रोपावरको नाफामा १५८.२६% को छलाङ, अन्य सूचकमा पनि आकर्षक वृद्धि

११ माघ २०७८, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । बरुण हाइड्रोपावर कम्पनीले २ करोड २७ लाख रुपैयाँ खुद नाफा कमाएको छ । कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आउँदा खुद नाफा १५८.२६% ले बढाएर २ करोड २७ लाख रुपैयाँ कमाएको जनाएको हो । गत वर्ष कम्पनीले ८७ लाख ९३ हजार रुपैयाँ मात्र नाफा कमाएको छ ।
यस्तै कम्पनीको विद्युत् बिक्रीबाट हुने आम्दानी बढेसँगै नाफा बढेको हो । एक वर्षको अवधिमा विद्युत् बिक्रीबाट हुने आम्दानी पनि ५८.७७% ले बढेर ५ करोड ६८ लाख रुपैयाँ कायम भएको छ । यस त्रैमासिक अवधिमा हेवा खोला जलबिद्युत आयोजना पूर्ण रुपमा सञ्चालन भएकोले गर्दा यसको नाफा ह्वात्तै बढेको हो ।
हाल यसको चुक्ता पुँजी २६ करोड ७९ लाख ७ हजार रुपैयाँ र रिजर्भ कोषमा २ करोड ५४ लाख रुपैयाँ छ । प्रतिसेयर आम्दानी १६ रुपैयाँ ९५ पैसा (वार्षिक) रहेको यसको प्रतिसेयर नेटवर्थ १०९ रुपैयाँ ५० पैसा छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: