भक्तपुर । भक्तपुर नगरपालिकाले विभिन्न मिनिमार्टहरूको अनुगमन गरेको छ । अनुगमन समितिका संयोजक राजकृष्ण गोराको नेतृत्वमा भएको अनुगमनमा अधिकांश मार्टले म्याद नाघेको सामानहरू बिक्रीमा राखेको र खाद्य तथा गुण नियन्त्रण कार्यालयबाट अनुज्ञापत्र बिना नलिई जथाभावी लेबल राखेर सामान बिक्री गरेको पाइएको संयोजक गोराले जानकारी दिनुभयो ।
अनुगमनमा साकोठामा रहेको भक्तपुर मिनिमार्ट, शाख मार्ट प्रालिमा मिनिमार्टहरूका दर्ता नवीकरण नगरेको, म्याद नाघेको सामानहरू बिक्रीमा राखेको, दैनिक उपभोग्य सामानहरू गेडागुडी, दाल, चिउरालगायत प्याकेजिङ सामानमा मनपरी लेबल राखेको बिक्री गरेको, तराजु नापतौल विभागमा नवीकरण नगरेको, स्टाफहरूले एप्रोन, माक्स, पञ्जा, स्यानिटाइजरलगायत कोभिडबाट सुरक्षित रहने कुनै पनि सामान प्रयोग नगरेको पाइएको उहाँले बताउनुभयो ।
अनुगमन टोलीले मार्टमा बिक्रीमा राखेका म्याद गुज्रेको सामानहरू फ्रुट, तेल, सुजी, क्यान बियर, लेज, विभिन्न ब्रान्डका क्रिमहरू, विभिन्न ब्रान्डका बिस्कुटहरू, डिडिसीको चिजलगायत सामानहरू जफत गरी नष्ट गरिएको निरीक्षक रामकृष्ण प्रजापतिले जानकारी दिनुभयो ।-रासस
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्