भक्तपुर । जिल्ला प्रशासन कार्यालय भक्तपुरले कोभिड–१९ नियन्त्रणका लागि जारी गरेको आदेश नमान्ने बटुवादेखि भाटभटेनी सुपरमार्केटसम्मलाई आज कारबाही गरेको छ । प्रशासनले आजदेखि लागू हुनेगरी जारी गरेको २७ बुँदे आदेश उल्लङ्घन गर्ने १५२ जनासहित तीन वटा व्यापारिक केन्द्रलाई कारबाही गरेको प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले जानकारी दिनुभयो ।
प्रजिअ शर्माको नेतृत्वमा सुरक्षाकर्मीसहितको टोलीले आज भक्तपुर र काभ्रेको सीमा नाका साँगा, सूर्यविनायक, सम्पदास्थल भक्तपुरको तौमढी, सार्वजनिक यातायातका साधन र मध्यपुरथिमिस्थित भाटभटेनी सुपर मार्केटलगायतको अनुगमन गरेको थियो ।
“आज हामी आफँैले गरेको अनुगमनमा मास्क नलगाई हिँड्ने १५२ जनालाई रु १०० का दरले जरिवाना लगायौँ, मास्क नलगाउने ६०१ जनालाई निःशुल्क मास्क वितरण ग¥यौँ”, प्रजिअ शर्माले भन्नुभयो, “सरकारको आदेश नमान्ने भाटभटेनी सुपर मार्केटलाई सचेतनास्वरूप एक पटकका लागि रु १०० जरिवाना ग¥र्यौं, फेरि त्यस्तै भेटिए थप कारबाही गर्छौं ।”
उक्त सुपरमार्केटले आदेशविपरीत २५ जनाभन्दा बढी व्यक्तिलाई भित्र पठाएको, भित्रबाट कति समयमा बाहिर निस्कने हो, समय निर्धारण नगरेको, सन्देशमूलक सूचना नबजाएको, आदेशको कार्यान्वयन नगरेको पाइएपछि कारबाही गरिएको उहाँले जानकारी दिनुभयो ।
उहाँले ५०० वटा सवारी साधनको अनुगमन गर्ने क्रममा सवारी साधनमा सिट क्षमताभन्दा बढी यात्रु राखेको, कतिपय यात्रुले मास्क नलगाएको, कतिपय चालक, सहचालकले लापर्वाही गरेको पाइएपछि गाडीमा मास्क र सेनिटाइजर राख्न निर्देशन दिएको जानकारी दिनुभयो ।
सार्वजनिक यातायातमा मास्क नलगाउने यात्रु भेटिए चालकलाई १०० देखि ६०० रुपैयाँसम्म जरिवाना गराउने भन्दै मास्क अनिवार्य गर्न प्रजिअ शर्मा आफैँ बसमा चढेर यात्रुलाई मास्क लगाउन र स्वास्थ्यप्रति सचेत रहन आग्रह गर्नुभयो । आजको कारबाहीबाट रु १५ हजार २०० राजस्व सङ्कलन भएको छ भने अनुगमनका क्रममा ६०१ वटा मास्क निःशुल्क वितरण गरिएको छ । -रासस
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्