काठमाडौं । निर्मल लामा स्मृति प्रतिष्ठानले वीर अस्पतालाई ३० वटा आईसीयू बेड हस्तान्तरण गरेको छ । प्रतिष्ठानको तर्फबाट आज भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठ र प्रतिष्ठानका अध्यक्ष एवं नेकपा (माओवादी केन्द्र)का नेता लीलामणि पोख्रेलले विर अस्पताललाई ३० वटा आईसीयू बेड हस्तान्तरण गरेका हुन् । सोही क्रममा आजै उनीहरुले नेपाल प्रहरी अस्पताल पानीपोेखरीमा पनि ३० हजार सर्जिकल मास्क हस्तान्तरण गरे।
डा. विप्लवमणि पोखरेलको पहलकदमीमा निर्मल लामा स्मृति प्रतिष्ठन नेपालको संयोजनमा विर अस्पतालमा ३० वटा आइसीयू बेड र नेपाल प्रहरी अस्पताल पानीपोखरीमा ३० हजार थान सर्जिकल मास्क हस्तान्तरण गरिएको हो । डा. पोखरेलको पहल कदमीमा चिनियाँ संघसंस्था र सहयोगी हातहरुका तर्फबाट प्राप्त १५० वटा आइसीयु बेड सरकारसँग सहकार्य गरी सरकारी र सामुदायिक अस्पतालहरुमा वितरण गरिने मन्त्री श्रेष्ठले जानकारी दिईन् ।
निर्मल लामा स्मृति प्रतिष्ठानका अध्यक्षसमेत रहेका नेकपा माओवादी केन्द्रका नेता लिलामणी पोखरेलले शिक्षा र स्वास्थ्य जनताको मौलिक अधिकार भएकोले सबैले निःशुल्क पाउने व्यवस्था मिलाउनु पर्नेमा जोड दिदै पैसा हुनेले स्वास्थ्य र शिक्षा किन्ने प्रणालीको अन्त्य गरी आमजनताले शिक्षा र स्वास्थ्यमा नैसर्गिक हकको प्रयोग गर्न पाउनुपर्ने बताए । त्यस्तै वीर अस्पतालका प्रमुख डा. भूपेन्द्रकुमार बस्नेतले विभिन्न संस्थाहरुको सहयोगबाट नै कोरोना भाइरसको तेस्रो लहरमा उपचार गर्न र अक्सिजन, भेन्टिलेटर र आईसीयू बेड उपलब्ध गराउन सहज भइरहेको बताए ।
नेपाल प्रहरी अस्पतालको प्रहरी अतिरिक्त महानिरीक्षक डा. आशा सिंहले सर्वसाधारणलाई पनि गुणस्तीय सेवा पुर्याउने अस्पतालको लक्ष्यमा यस्ता सहयोगले थप बल पुग्ने बताईन् । डा. विप्लवमणि पोखरेलको पहलकदमीमा प्रतिष्ठानको तर्फबाट पाटन अस्पता, सशस्त्र प्रहरी अस्पताल, शुक्रराज ट्रपिकल अस्पताल, भरतपुर अस्पताल चितवन, योगी नरहरी नाथ प्राकृतिक चिकित्सा अस्पताल, धुलीखेल अस्पताल, सामुदायिक अस्पताल ओखलढुङ्गा, पर्वत जिल्ला अस्पताल पर्वत, बाग्लुङ जिल्ला अस्पताललगायतमा आइसीयू बेड, सर्जिकल मास्क र वडी व्याग वितरण गरिसकेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्