विराटनगर । आन्तरिक राजस्व कार्यालय विराटनगरले चालु आर्थिक वर्षको छ महिनामा कूल चार अर्ब १६ करोड ६७ लाख ६४ हजार राजस्व संकलन गरेको छ । सो अवधिमा कार्यालयले चार अर्ब ३८ करोड ७३ लाख ८७ हजार राजस्व संकलन गर्ने लक्ष्य लिएको थियो । लक्ष्यमा २२ करोड छ लाख २२ हजार राजस्व कम संकलन भएको हो ।
गएको आवमा सो अवधिमा तीन अर्ब ८८ करोड ९७ लाख ३४ हजार राजस्व संकलन गरेको थियो । सो अवधिमा कार्यालयले तीन अर्ब ९१ करोड ५२ लाख ८८ हजार राजस्व संकलन गर्ने लक्ष्य लिएको थियो । कार्याललये लक्ष्यभन्दा दुई करोड ५५ लाख ५४ हजारले कम राजस्व संकलन गरेको थियो ।
कार्यालय गएको वर्षको सो अवधिमा संकलन गरेको राजस्वभन्दा २७ करोड ७० लाख ३० हजार राजस्व बढी संकलन गर्न सफल भएको कार्यालयका प्रमुख सूर्यप्रसाद पोखरेलले जानकारी दिनुभयो । सो अवधिमा गएको वर्षभन्दा सात प्रतिशत बढी राजस्व संकलन भएको उहाँले बताउनुभयो ।
कार्यालयले सङ्कलित गरेको राजस्वमा आयकर एक अर्ब ७० करोड चार लाख ८६ हजार, बहाल कर ५० करोड २५ लाख आठ हजार, ब्याजकर पाँच करोड ९८ लाख ५० हजार, मूल्य अभिवृद्धिकर एक अर्ब पाँच करोड ६२ लाख १९ हजार, अन्तःशुल्क एक अर्ब २९ करोड ९५ लाख ७५ हजार, स्वास्थ्य सेवा ३० हजार र शिक्षा सेवा शुल्क तीन लाख ४६ हजार छन् ।
संकलित राजस्वमा करदाता सेवा कार्यालय विराट चोकबाटरु १८ करोड एक लाख ४४ हजार, करदाता सेवा कार्यालय पथरीबाट १० करोड ६० लाख ७७ हजार र आन्तरिक राजस्व कार्यालय विराटनगरले तीन अर्ब ८८ करोड पाँच लाख ४३ हजार संकलन भएको कार्यालयले जनाएको छ ।-रासस
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्