किमाथाङ्का । सङ्खुवासभाको चैनपुर र पाँचखपन नगरपालिका जोड्ने चैनपुर बाह्रबिसे सडकखण्डअन्तर्गतको हेवाखोलाको मोटरेबल पुल विगत पाँच वर्षदेखि अलपत्र परेको छ । हेवाखोलाको दोभानेको पुल निर्माण व्यवसायीको लापर्वाहीका कारण अलपत्र परेको हो ।
चार करोड ५८ लाखको लागतमा निर्माण हुन लागेको पुल विसं २०७३ भदौ मा काम सुरु गरेर २०७५ असोजसम्ममा निर्माण गरिसक्नुपर्ने भए पनि काम अघि बढ्न सकेको छैन । निर्माणको जिम्मा पाएको पुष्पान्जी कन्ट्रक्शन प्रालिले पहिलो वर्ष फाउण्डेशन खन्दा चट्टान भएको बाहना बनाउँदै काम स्थगन गरेको थियो ।
हेवाखोलामा झोलुङ्गे पुल नहुँदा पाँचखपन नगरपालिका र सभापोखरी गाउँपालिका जाने यात्रु बाँसको अस्थायी पुल ९फड्के०मार्फत असुक्षित यात्रा गर्नुपरेको छ । वर्षायाममा खोलामा पानीमा बहाब बढेसँगै कुनै पनि सवारी सधान नचल्ने अवस्था भएको पाँचखपन नगरपालिका–८ का वडाध्यक्ष छत्र न्यौपानेले बताउनुभयो । खोलामा झोलुङ्गे पुलसमेत नहुँदा पुलमा प्रयोग गरिएका बाँस र काठ पनि पुरानो मक्किइसकेको उहाँको भनाइ छ ।
पुलबाटै बाह्रै महिना यात्रा गर्नुपर्ने भए पनि वर्षायाममा पानीको बाहब बढेपछि बगाएर लैजाने गरेको छ । पुल निर्माणको जिम्मा पाएको पुष्पाञ्जी कन्ट्रक्शन प्रालिले अहिले कुनै पनि काम सञ्चालन नगरेको भन्दै स्थानीयवासीले पटक–पटक सडक डिभिजन कार्यालयमा डेलिगेशन गए पनि बेवास्ता गर्ने गरिएको स्थानीयवासीको भनाइ छ ।
पुष्पाञ्जी कन्ट्रक्शन काम नगरेपछि तत्काल ठेकेदार कम्पनीलाई कारबाहीको माग राख्दा सडक डिभिजनले ठेकेदारको बचाऊ गर्दै आएको पाँचखपन नगरपालिका–८ का वडाध्यक्ष छत्र न्यौपानेले बताउनुभयो ।-रासस
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्