मुस्ताङ । राष्ट्रिय गौरवको कालीगण्डकी कोरिडोरको बेनी–जोमसोम–कोरला सडकअन्तर्गत मुस्ताङको थासाङ गाउँपालिका–४ स्थित लेतेखोलामा मोटर चल्ने पक्की पुल निर्माण गरिएको छ । उक्त सडक आयोजनाले लेतेखोलामा ४० मिटर लामो मोटरेबल पुल निर्माण गरेको हो । पुल निर्माणका लागि विसं २०७५ भदौमा छ करोड २० लाखमा गजुरमुखी निर्माण कम्पनीसँग ठेक्का सम्झौता भएको थियो ।
आयोजनाका व्यवस्थापक नरेन्द्र न्यौपानेले निर्माण गरिएको पुल यातायात सञ्चालनका लागि योग्य भएको जानकारी दिनुभयो । “छेउमा रेलिङ राख्ने र रङरोगन गर्ने काम हिमपातले रोकिए पनि गाडी चलाउन सकिन्छ”, उहाँले भन्नुभयो, “पहुँचमार्ग र पुलको संरचनाको निर्माण सकिएको छ । बाँकी काम सकेर हस्तान्तरणको तयारीमा छौँ ।”लेतेखोलामा हाल अस्थायी बेलिब्रिजबाट यातायात सञ्चालन हुुँदै आएको छ । पक्की पुल निर्माण भएसँगै लेतेखोलाको बेलिब्रिज अन्यत्र स्थानान्तरण गर्ने तयारी भएको आयोजनाले जनाएको छ ।
एकसय छयासी किलोमिटर दूरीको बेनी–जोमसोम–कोरला सडकमा लेतेखोलासहित नौवटा मोटर चल्ने पुल निर्माण गरिएको र बाह्रवटा पुल निर्माणाधीन अवस्थामा रहेको आयोजना प्रमुख जगत प्रजापतिले बताउनुभयो ।-रासस
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्