विराटनगर । सुनसरीको इटहरी उपमहानगरपालिकाको दक्षिणी सीमा क्षेत्रमा पर्ने वडा नं १५ स्थित भोटिया खोलामा पुल निर्माण हुने भएको छ ।
चार करोड १६ लाख ४१ हजारको लागतमा दुई वर्षमा सो पुल निमार्ण भइसक्ने सम्झौता भएको उपमहानगरपालिकाले जनाएको छ । इटहरी र इनरुवा जोड्ने सो पुल निर्माणपछि स्थानीयवासी अत्यन्तै लाभान्वित हुने बताइएको छ । खेतीपाती गर्न र कृषिउपज बजारसम्म पुर्याउनका लागि स्थानीयवासीलाई पुल अति नै आवश्यक भएकाले उपमहानगरपालिकाले पुल निर्माण गर्न लागेको हो ।
सो पुलको आज शिलान्यास गर्दै इटहरी उपमहानगरपालिका प्रमुख द्वारिकालाल चौधरीले नगरको स्रोतले भ्याएसम्म जनताको सेवामा समर्पित रहने बताउनुभयो । उहाँले अहिलेसम्ममा सानाठूला गरी १९ वट पुल नगर क्षेत्रमा बनाइसकेको जानकारी दिँदै जनप्रतिनिधिको काम नै जनताको सेवा हो भन्नुभयो ।
उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सूर्य सुवेदीले निर्धारित समयमै गुणस्तरीय काम हुनुपर्नेमा जोड दिनुभयो । वडा नं १५ का कार्यवाहक वडाध्यक्ष सुबोधनारायण चौधरी र वडासदस्य अशोक चौधरीले स्थानीयवासीको एउटा ठूलो समस्या समाधान हुन लाग्दा खुसी व्यक्त गर्नुभयो ।-रासस
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्