काठमाडौं । काठमाडौंको चावहिल चोक र मित्रपार्कमा आकाशे पुल बन्ने भएको छ । काठमाडौं महानगरपालिकाको भ्याटबाहेक एक करोड ३० लाख ४२ हजार ५७८ लागतमा बन्न लागेको उक्त पुलको आज महानगर प्रमुख विद्यासुन्दर शाक्यले शिलान्यास गर्नुभयो ।
कार्यक्रममा महानगरपालिका प्रमुख शाक्यले आकाशे पुल निर्माणसँगै चावहिल र मित्रपार्क क्षेत्रमा हुने ट्राफिक जाममा कमी आउने बताउनुभयो । “स्थानीय बासिन्दाको मागअनुसार नै पुल शिलान्यास गरेका हौँ, स्थानीयको साथ र सहयोग रहेमा तोकिएको समयभन्दा अगावै पुल निर्माण गरिसक्छौँ”, उहाँले भन्नुभयो ।
चावहिल चोकको दक्षिणतर्फ बनाइएको पुलले ट्राफिक जाममा सहज बनाएकाले उत्तरतर्फको भागमा पनि पुल निर्माण गर्न लागिएको उहाँको भनाइ छ । यस्तै महानगरपालिकाकै लगानीमा जयवागेश्वरी क्षेत्रमासमेत पुल निर्माण भइरहेको छ । चावहिल र गौशाला क्षेत्रमा चार पुल बनाइए पनि सडक दुर्घटना र ट्राफिक जाममा कमी आउने नगरप्रमुख शाक्यले बताउनुभयो ।
सविरा कन्स्ट्रक्सनले निर्माण गर्न लागेको उक्त पुल विसं २०७९ जेठ मसान्तसम्म सम्पन्न गरिसक्नुपर्नेछ । दुवै पुल ३३ मिटर लम्बाइ र दुई मिटर चौडाइका हुनेछन् ।-रासस
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्