×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बुद्धभूमि नेपाल हाइड्रोपावरको पहिलो सेयर कारोबार कतिमा खुल्यो ? कारोबार संकेत के पायो ?

PRIME CA

बुद्धभूमि नेपाल हाइड्रोपावरको पहिलो सेयर कारोबार कतिमा खुल्यो ? कारोबार संकेत के पायो ?

४ माघ २०७८, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । बुद्धभूमि नेपाल हाइड्रोपावरको सेयर कारोबार आजदेखि खुला भएको छ । कम्पनीको पहिलो कारोबार २४६ रुपैयाँ ७० पैसामा खुला भएको हो ।
नेप्सेले कम्पनीको पहिलो कारोबारका लागि न्यूनतम ८४ रुपैयाँ ५ पैसादेखि अधिकतम २५२ रुपैयाँ १५ पैसासम्म ओपनिङ रेन्ज तोकेको थियो । सोही रेन्ज भित्र रहेर यसको कारोबार सुरु भएको हो । ‘बीएनएचसी’ संकेतबाट कारोबार भएको छ । बुद्धभूमि नेपालको चुक्ता पुँजीका आधारमा कायम ४० लाख कित्ता सेयर आइतबार सूचीकरण भएको थियो ।
सोमबार भने प्रि ओपन सेसनमा कारोबार म्याच नभएपछि यस कम्पनीको सेयर कारोबार खुला हुन सकेको थिएन । मंगलबार प्रि ओपन सेसनमा कारोबार म्याच भएपछि यसको नियमित कारोबार खुला भएको हो ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: