काठमाडौं । चन्द्रागिरी हिल्स लिमिटेडमा दुई जना सञ्चालक नियुक्त भएका छन् । सर्वसाधारण सेयरधनीको तर्फबाट सञ्चालकमा उमा विष्ट जि.सी र स्वतन्त्र सञ्चालकमा प्रेम राज जोशीलाई नियुक्त गरिएको हो ।
कम्पनीको पुस २९ गते सम्पन्न वार्षिक साधारण सभाबाट आगामी चार वर्षका लागि उनीहरु सञ्चालकमा नियुक्त गरेको कम्पनीले जनाएको छ ।