×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

लाभांश पारित गर्न चिलिमे जलविद्युत् कम्पनीको २५औं वार्षिक साधारणसभा शुक्रबार

PRIME CA

लाभांश पारित गर्न चिलिमे जलविद्युत् कम्पनीको २५औं वार्षिक साधारणसभा शुक्रबार

२३ पुष २०७८, शुक्रबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । चिलिमे जलविद्युत् कम्पनी लिमिटेडको २५औं वार्षिक साधारणसभा आज शुक्रबार हुँदैछ । कम्पनीको सभा स्काई जोन रेस्ट्रो ए बैंक्वेट्स, धुम्वाराही, काठमाडौंमा बिहान ११ बजे भर्चुअल माध्यमबाट सुरु भएको हो ।
सभाले गत आर्थिक वर्ष ०७७/७८ को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरीक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारणको विषयलाई पनि टुङ्ग्याउनेछ ।
कम्पनीले गत वर्षको मुनाफाबाट कुल १५ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । बैठकले हाल कायम चुक्ता पू्ँजीको आधारमा ७ दशमलव ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागिसमेत ७ दशमलव ५ प्रतिशत नगद लाभांश गरी कुल १५ प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको हो ।
हाल कम्पनीको चु्क्तापूँजी रू. ६ अर्ब २८ करोड ७ लाख ३९ हजार छ । उक्त सभा प्रयोजनका लागि कम्पनीले पुस १५ गतेदेखि सभा हुने दिनसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । पुस १४ गतेसम्मका कायम सेयरधनीहरु मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न योग्य भएका छन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: