×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

चिलिमे जलविद्युत् कम्पनीको साधारणसभा बस्ने स्थान परिवर्तन, अब कहाँ हुन्छ ?

PRIME CA
GLOBAL IME BANK

चिलिमे जलविद्युत् कम्पनीको साधारणसभा बस्ने स्थान परिवर्तन, अब कहाँ हुन्छ ?

१९ पुष २०७८, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । चिलिमे जलविद्युत् कम्पनी लिमिटेडले पुस २३ गते हुने २५औं वार्षिक साधारणसभाको स्थान परिवर्तन गरेको छ । यस अघि कम्पनीको रजिष्टर्ड कार्यालय महाराजगञ्ज, काठमाडौंमा गर्ने भनिएको साधारणसभा अब स्काई जोन रेस्ट्रो ए बैंक्वेट्स, धुम्वाराही, काठमाडौंमा गर्न लागिएको हो ।
सभा बिहान ११ बजे भर्चुअल माध्यमबाट हुनेछ । सभाले गत आर्थिक वर्ष ०७७/७८ को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरीक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारणको विषयलाई पनि टुङ्ग्याउनेछ ।
कम्पनीले गत वर्षको मुनाफाबाट कुल १५ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । बैठकले हाल कायम चुक्ता पू्ँजीको आधारमा ७ दशमलव ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागिसमेत ७ दशमलव ५ प्रतिशत नगद लाभांश गरी कुल १५ प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको हो ।
हाल कम्पनीको चु्क्तापूँजी रू. ६ अर्ब २८ करोड ७ लाख ३९ हजार छ । उक्त सभा प्रयोजनका लागि कम्पनीले पुस १५ गतेदेखि सभा हुने दिनसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । पुस १४ गतेसम्मका कायम सेयरधनीहरु मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न योग्य भएका छन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: