काठमाडौँ । नेपाल बीमक संघको अध्यक्षमा चंकी क्षेत्री चयन भएका छन् । संघको शनिबार बसेको साधारणसभाबाट सगरमाथा इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृतसमेत रहेका क्षेत्री संघको अध्यक्ष पदमा निर्विरोध चयन भएका हुन् ।
यस अघि क्षेत्री संघको महासचिव थिए । सभाले क्षेत्रीको नेतृत्वमा नयाँ कार्य समिति चयन गरेको छ । संघको उपाध्यक्षमा सिद्धार्थ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत विरेन्द्र बैदवार क्षेत्री, महासचिवमा नेको इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत अशोक कुमार खड्का, कोषाध्यक्षमा आइएमई जनरल इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकरी अधिकृत युगेशभक्त बादे श्रेष्ठ निर्विरोध चयन भएका छन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्