सुदर्शन श्रेष्ठ/अर्थ सरोकार सुदूरपश्चिम ब्युरो
धनगढी । धनगढीमा धमाधम फर्जी कागजका आधारमा नागरिकता वितरण भईरहेको खुलासा भएको छ । पछिल्ला केहि समययता धनगढीमा मनपरीरुपमा नियमविपरित गैरनेपाली नागरिकलाई पनि नेपाली नागरिताको प्रमाणपत्र वितरण गरिएको भेटिएको हो । जिल्लाको धनगढी उपमहानगरपालिका वडा नम्बर १८ मा फर्जी कागजात तयार पारी कानुनविपरित नक्कली आमाबुबा तयार गर्दै नागरिकता वितरण गरिएको पाइएको हो ।
नक्कली आमाबुबा बनाई फर्जी जन्मदर्ता तयार, फर्जी जन्मदर्ताकै आधारमा नागरिकताको सिफारिसः
नागरिकता तयार गर्दा नक्कली आमा बुबाको कागजात बनाई फर्जी जन्मदर्ता तयार गरिएको पाइएको छ । धनगढी उपमहानगरपालिका वडा नम्बर १८ की रेखा पौडेल बस्नेतको नागरिकता यस्तै फर्जी कागजातमा बनेको एउटा उदाहरण हो । फर्जी जन्मदर्ता बनाएर उनको नागरिकता बनाइएको भेटिएको हो । नक्कली आमाबुवा बनाई धनगढी उपमहानगरपालिका वडा नम्बर १४ बाट २०७८ साल मंशिर ६ गते जन्मदर्ता तयार गरेको भेटिएको छ । जसमा बुवा तुल्सीराम पौडेल र आमा यमकला पौडेल भएको भन्दै वडा कार्यालयले जन्मदर्ता दिएको छ । यता वडा कार्यालयले भने आमा स्वयंम नै सुचक बसेकोले जन्मदर्ता दिन समस्या नभएको बताएको छ । ’आफ्नो वडाको विषयमा सबैभन्दा धेरै जानकार वडाअध्यक्ष नै हुन्छन् ।’ कार्यालयका एक कर्मचारीले अर्थ सरोकारलाई भने, ’उहाँले नै ठिक छ भनेर सही गरेपछि हामीले दिनै पर्यो ।’
यता नक्कली आमाबुवा बनाई तयार गरिएको जन्मदर्ताकै आधारमा धनगढी उपमहानगरपालिका वडा नम्बर १८ ले नागरिकताका लागि सिफारिस गरेको छ । गत माघ ६ गते वडा नम्बर १४ को कार्यालयमा नक्कली आमाबुवा बनाई तयार पारिएको फर्जि जन्मदर्ताको आधारमा वडा नम्बर १८ को कार्यालयले उनको (रेखा पौडेल) विवाह दर्ता गरी नागरिकताका लागि सिफारिस गरेको खुलेको हो ।
भारतको आसामबाट विवाह गरी आएकी उनले नेपालमा नक्कली आमाबुवा बनाई नागरिकता लिएको खुलासा भएसँगै अहिले यो विषय चर्चा र विवादको विषय बनेको छ । केही समय अघि डम्बर बहादुर बस्नेतसँग विवाह गरी आएकी उनले गाउँमै सानोतिनो व्यापार गर्दै आएकि थिइन् । स्रोतका अनुसार उनले वडा नम्बर १८ बाटै जन्मदर्ता बनाउन खोजेको भएपनि प्रक्रिया नमिलेपछि वडा नम्बर १४ मा नक्कली आमाबुवा बनाई उनले जन्मदर्ताको कागजात बनाएकी हुन् । सोहि अनुसार उनले विवाह दर्ता बनाई वडाकै सिफारिसका आधारमा नेपाली नागरिकताको प्रमाणपत्र लिएको खुलासा भएको हो ।
वडा अध्यक्षकै मिलेमतोको आशंकाः
नागरिकताको प्रमाणपत्र लिनका लागि अहिले वडाको सिफारिस अनिवार्य गरिएको छ । वडाबाटै सम्पूर्ण प्रक्रिया पुगेपछि सिफरिसका आधारमा सम्बन्धित जिल्लाको जिल्ला प्रशासन कार्यालयले नेपाली नागरिकताको प्रमाणपत्र वितरण गर्छ । नक्कली आमाबुवा बनाई जन्मदर्ता जारीदेखि नागरिकताको सिफारिससम्म वडाले नै गरेको हुँदा यस घटनामा वडा अध्यक्षकै मिलेमतोको आशंका गरिएको छ । धनगढी उपमहानगरपालिका वडा नम्बर १४ का अध्यक्ष रामबजारी थारु र १८ का अध्यक्ष मुरारी अधिकारी नै यस घटनामा संलग्न रहेको स्रोतको दाबी छ । ’आर्थिक प्रलोभन र राजनीतिक पावरका आधारमा वडा यसरी अध्यक्षले नागरिकताका लागि सिफारिस गरेका हुन्’, स्रोतले भन्यो, ’यसमा ठूलै आर्थिक चलखेल भएको छ ।’ यता हुँदै नभएकापरिवारलाई आधार मानेर नागरिकताको प्रमाणपत्र नै दिइएपछि घटनालाई झन् रहस्यमय बनाएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्