पर्वत । पर्वतको कुस्मा नगरपालिका–१ पाङ्गमा क्षेत्रीयस्तरको क्रिकेट मैदानको निर्माण सुरु भएको छ । पाङ्ग कुनाचौरको १७० रोपनीको चौरमा गण्डकी प्रदेशकै नमूना क्रिकेट रङ्गशाला निर्माण गर्न थालिएको कुस्मा नगरपालिका–१ का अध्यक्ष देवेन्द्र सुवेदीले जानकारी दिए ।
रङ्गशाला निर्माणका लागि राष्ट्रिय योजना आयोगको समपूरक अनुदान र कुस्मा नगरपालिकाको साझेदारीमा काम अघि बढाइएको छ । आयोगले तीन करोड बजेट विनियोजन गर्ने भएकामा चालू आर्थिक वर्षमा ५० लाख र नगरपालिकाको २० लाख गरी झण्डै ७० लाखको लागतमा मैदान सम्याउने तथा कालीगण्डकीको भिरतर्फ पर्खाल लगाउने काम भइरहेको वडाध्यक्ष सुवेदीले जानकारी दिनुभयो ।
उहाँका अनुसार मैदानमा पश्चिमतर्फ ३० हजार मानिस अटाउने प्याराफिटसमेत बनाउन थालिएको छ । मैदानका लागि केही जमिन अपुग भएकाले नजिकै रहेको लक्ष्मीनारायण मन्दिर तथा विद्यालय र निजी जमिनसमेत चर्चिनुपर्ने भएको छ ।
मैदान निर्माण सुरु भएसँगै स्थानीयस्तरमा कुनै विवाद नहोस् भनेर वडा कार्यालयले आयोजना गरेको भेलाले पाङ्ग धैरेनी माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष स्वस्थानी रिजालको अध्यक्षतामा समन्वय समिति गठन गरिएकोे छ । -रासस
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्